सैघाली खबर
गतेबाट प्रदर्शनमा आउने फिल्म ‘गाजा बाजा’को ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार युट्युबमार्फत यस फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। कमेडी जेनरमा निर्माण भएको यस फिल्मको ट्रेलरमा सुशील सिटौला, अनुपम शर्मा र वर्षा सिवाकोटी फिचरिङ छन्।
नामको कारण निर्माण घोषणादेखि नै निकै विवादमा मुछिएको यस फिल्मलाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन्। दीपेन्द्र रेग्मी र गोमा थापा विष्टको संयुक्त लगानीमा तयार भएको यस फिल्ममा वर्षा, अनुपम र सुशीलसँगै रविन थापा, अम्बर सुवेदी, उद्धव भट्टराई, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याललगायतको अभिनय रहेको छ। ुडीआर फिल्म्सु र ुटुका इन्टरटेनमेन्टुको व्यानरमा निर्माण भएको यस फिल्ममा निख एण्ड जटाको संगीत, याकोपो रास्लिकको छायांकन, लोकेश बज्राचार्यको सम्पादन रहेको छ।
हेर्नुहोस् ट्रेलर:
https://www.youtube.com/watch?v=K-ae-kGy-hI

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।