सैघाली खबर
काठमाडौं,२७ माघ
अबको डेड महिनापछि नेपालमा खुला विश्वबिद्यालयमा पढाई सुरु हुने भएको छ । घरमै बसेर पढ्न र परिक्षा समेत दिनपाउने गरी नेपालमा खुला विश्वबिद्यालय सञ्चालन हुन लागेको हो ।
अहिले नेपालमा नौ वटा विश्वविद्यालयमा पढाई हुने गरेको छ । ललीतपुरको मानभवनमा खुला विश्वविद्यालय सुरु हुन लागेको हो । मुलुकको दशौँ विश्वविद्यालयका रुपमा सुरु भएको खुल्ला विश्वविद्यालयले अब आउने चैत महिनाबाटै पढाई सुरु गर्ने खुला विश्वविद्याल यव्यवस्थापन तथाकानुन संकायका डिन प्राध्यापकडा. शिलु मानन्धरले जानकरी दिनुभयो ।
खुल्ला विश्वविद्यालयमा स्थापना भइसकेको बताउँदै उहाँले कानुन बनेको डेढ वर्षपछि पठनपाठन सुरु हुने जानकारी दिनुभयो । विद्यार्थीले घरमै बसेर ई–बैङ्किङ्मार्फत् भर्ना हुनेपाउने उहाँको भनाइ छ । कम खर्चमा नेपालका गरिब र विपन्न वर्गका विद्यार्थी र विदेशमा रहेका नेपालीले पढ्न पाउने भएकाले खुला विश्वबिद्यालय प्रभावकारी बन्ने विश्वबिद्यालयका उपकुलपति प्राध्यापकडा. लेखनाथशर्माले बताउनुभयो । उच्चशिक्षाको लागि खुलाविश्वबिद्यालय प्रभावकारी हुने बताउँदै शिक्षा मन्त्रालयका प्रवत्ता डा. हरी लम्सालले गुणस्तरीयतामा ध्यानदिन पर्नेमाजोड दिनुभयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।