धनुषामा भैँसी ब्लक कार्यक्रममा प्रमुख साह र झाद्वारा लाखौँको अनियमितता 



जनकपुरधाम । सरकारले कृषिको बजेट बढाए पनि प्रायः पुरानै परिपाटीलाई निरन्तरता दिएको छ । 

आर्थिक वर्ष २०७८/७९ को बजेटमा कृषि तथा पशुपन्छी तर्फ भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाको मातहतमा रमा रहेको भैँसी ब्लक कार्यक्रम सहिद नगर नगरपालिका को लागि छनोट भए पनि सो कार्यक्रम सफल हुन् सकेन । 

नेपाल सरकार को अनुदान रु ७० लाख र कृषक को लगानी ७० लाख प्रावधान रहेको कार्यालय प्रमुख इन्द्रेब शाहले बताए  । यस योजनामा चिलिंग भ्याट १०००लि, ५००लि, दुध क्यान ४०लि, १०लि, ५लि, डी फ्रिज,च्याप कटर,गोठ सुधार तथा भकारो सुधार, तथा विभिन्न किसिमका तालिम गोस्ठी मा १७लाख २५ हजार बजेट राखिएको छ। भैँसी ब्लक सञ्चालन समिति सहिदनगर नगरपालिका र भेटेनरी अस्पताल धनुषा बिच २०७७/०१/२२ गते नै सम्झौतामा हस्ताक्षर भएको थियो । 

आर्थिक हिनामिना गर्ने उद्देश्यले कार्यालय प्रमुख इन्द्रदेव शाह र फोकल पर्सन जिबेन्द्र झाको मिलोमतोमा समितिलाई नसोधी गोप्य तरिकाबाट मेसिनरी समान उपलब्धको लागि केही सप्लायर्स सँग सेटिंग गरी आफुनै आपूर्ति गर्ने कुरा समितिलाई जनाए पनि सो सप्लायर्स सँग २५ अशाढ सम्म कुनै सम्झौता नगरेको कुरा समितिका पदाधिकारीले जानकारी दिनुभयो । 

यता उक्त कार्यक्रम को फोकल पर्सन जिबेन्द्र झा लाई सम्पर्क गरेर जानकारी लिँदा सप्लायर्स सँग सम्झौता नभएको स्वीकारेका छन्।कार्यालय प्रमुख इन्द्रदेव साह भन्छ  हुन्छ आज समान आउँदै छ सम्झौता भएको छ कार्यालय प्रमुख र फोकल पर्सनको दुई थरीको कुरा सुन्दा कहिन कहीँ रकम हिना भिनाको गन्ध हुने हो कि आशङ्का छ। 

यता समितिका सदस्य दिनेश प्रसाद यादव भन्नु हुन्छ किसानको लागि आएको रकम कार्यालय प्रमुख इन्द्रदेव साह तथा फोकल पर्सन जिबेन्द्र झा को गलत नियत का कारण रकम फ्रिजको अवस्थामा गएको र अन्तिम समयमा सप्लायर्स सँग सेटिंग गरेर रकम को चलखेल गरिरहेको जानकारी दिनुभयो २५ गते सम्म सप्लायर्स सँग सम्झौता भएको छैन अनि कसरी समान आपूर्ति हुन्छ उनले प्रसं गरे । 

अर्का समिति सदस्य एवम् शहिदनगर नगरपालिका निवासी महाशंकर ठाकुर भन्नु हुन्छ यस भैँसी ब्लक सञ्चालन समिति सँग सम्झौता गरी कार्यालय प्रमुखले आफू मनोमानी गरेको कारण यो अवस्था आएको छ। 

अन्तिम समयमा बिल भरपाई बनाएर रकम हिनामिना हुने सङ्केत मैले थाहा पाएको हुँदा यसमा सम्पूर्ण सञ्चारकर्मीहरू को ध्यानाकर्षण लागि अनुरोध गर्दछु यस कार्यक्रममा जो कोही ले गलत बिल भरपाई बनाई रकमको चलखेल गरे कडा प्रतिवाद गर्ने चेतावनी ठाकुरले दिनुभयो,हालसम्म समान केही आएको छैन अब आउने उम्मेद मारिसकेको छु  कार्यालयको बदमासी को कारण हाम्रा किसानहरू अनुदान बाट वञ्चित हुनुपरेको र यसको सत्य तथ्य हामी समितिले छिटै सार्बजानिक गर्ने ठाकुरले बताउनु भो करिब ९५% बजेट फ्रिज हुने अवस्था छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्