कविता: जमाना बदलियो बदलिएन सोच



लोक छ्न्द: सवाई “जमाना बदलियो बदलिएन सोच”

हलो जोत्ने हुन् यी त एक कर्मठ नारी।
जाँगर भए त बस्दैन बाझो खेत बारी।।

महिलाले हलो जोत्ने हैन भन्थे पहिले।
तर त्यस्तो बन्देज छैन हिजोआज अहिले।।

जन्ती मलामी लाँदैन थे महिला भनी पहिले।
तर त्यस्तो विभेद नै छैन महिला भनी अहिले।।

समयको माग होला कि त हैन त्यस्तो।
महिला पुरुष भनी कहाँ छ त विभेद यस्तो ।।

दलित हुँ भनी डलर खान्छन् खुसी भई
फेरि किन होला त है त्यस्तो चित्त दुखाइ।।

संविधानमा किन होला लेखियो त विभेद।
दुई जात महिला र पुरुष नगर् भेद।।

बद्ल तिम्रो सोच अब त दलित भनी।
जन्ती मलामी जान कुर्सी मिलेकै छ अनि।।

जमान त बदलियो बदलिएन सोच ।
गलत कानुन बन्यो कसको होला यहाँ दोष?

धन्यवाद ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्