इङ्ल्यान्ड फुटबल एसोसिएशनलाई ३० हजार युरो जरिबाना



काठमाडाैँ। युरो कप फुटबलको दोस्रो सेमिफाइनलमा डेनमार्कका गोलकिपरलाई समर्थकले लेजर लाइट देखाएको विषयमा युरोपियन फुटबल महासङ्घ (यूईएफए) ले इङ्ल्यान्ड फुटबल एसोसिएशनलाई ३० हजार युरो जरिबाना गरेको छ।

वेम्बली स्टेडियममा गएको बुधवार रातिको खेलका क्रममा इङ्ल्यान्डका ह्यारी केनले पेनाल्टी प्रहार गर्नुअघि डेनमार्कका गोलकिपर कास्पर इस्माइकलको अनुहारमा पर्ने गरी दर्शकबाट लेजल लाइट बालिएको थियो। कास्परले केनले प्रहार गरेको पेनाल्टी रोके पनि रिबाउन्डमा केनले गोल गर्दै इङ्ल्यान्डलाई दुई–एकले जिताएका थिए। त्यही घटनालाई लिएर यूईएफएले छानबिन सुरु गरेको थियो। छानबिनमा खेलका क्रममा समर्थकले खेल भावना विपरीत कार्य गरेको पाइएपछि यूईएफएले जरिबाना गरेको हो।

यस्तै त्यही खेलमा डेनमार्कको राष्ट्रिय गानका क्रममा समर्थकले होहल्ला गरी अशान्ति फैलाउँदै आतिशबाजी पनि गरेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्