तुल्सिपुर -१६ रड्गैमा मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम 



व्यावसायिक फलफूल खेती तथा नर्सरी व्यवस्थापन विषयक तालिम ५ दिन सम्म सुरु हुने भयको रडगै टोल विकास संस्थाका युवा खगेन्द्र डागिले जानकारी दिनु भएको छ ।

यस तालिमको आयोजक  तुल्सीपुर  उपमहानगरपालिका कृषि विकाश शाखाले गरेको छ । ०७८-३-२६ गत्ते बात सुरु भएको यश तालिम ३० गत्ते सम्म रहने अर्थात् ५ दिने सम्म रहने डाँगीको भनाइ छ।यश कार्यक्रमका अध्यक्ष वडा नम्बर १६ कै वडाध्यक्ष भूप बहादुर हुनु भएको थियो। उहाँको भनाइ अनुसार हाम्रा गाउँघर तिर प्रत्येक घर घरमा फलफूल र तरकारी उत्पादन गरेर बजारीकरण गरेर हामी आत्म निर्भर बन्नु पर्छ भन्ने आफ्नो भनाइ राख्नु भएको थियो । यसै गरी प्रमुख अतिथिमा तुल्सिपुर उपमहानगरपालिका का नगर प्रमुख घनश्याम पाण्डे हुनु भएको थियो ।

प्रमुखका भनाइ अनुसार वडा नम्बर १६ मा धेरै किसान दाजु भाइ एकदमै सक्रियता र अनुसार र लगनशीलता भई काम गरिरहनु भएको र प्रत्येक वर्ष १६ वडाले आफ्नो नाम र दाम कमाइ रहेको भनाइ रहेको छ। यस्तै किसान गर्नेलाई विशेष हेर्ने उनिहरुका लागि तालिम लगायत सम्पुर्न माग पूरा गर्ने बताउनु भएको छ । यस्तै विशिष्ट अतिथिमा नगर उप-प्रमुख माया शर्मा हुनु भनेको थियो ,उहाँको गहकिला भनाइले किसानलाई हौसला र जोस, जाँगर बढाउनका साथै सहयोग गर्ने उहाँको भनाइ थियो। यसै गरी अतिथिमा धनराज गौतम -कृषि शाखा प्रमुख हुनुभएको थियो ।

यश कार्यक्रमका संयोजक श्रीधर राज भण्डारीका साथ भएको छ।कार्यक्रमलाई सव्य र भव्य बनाउन कार्यक्रम सञ्चालक -कुल राज चौधरिले गर्नु भएको थियो । यश कार्यक्रम अर्थात् तालिममा सहभागिता ३५ जना किसानमा जोडिनु भएका किसानहरूको उपस्थिति थियो । यश उपस्थितमा रदगै टोल विकास संस्थाका टोलका अध्यक्ष डिला सुबिडि, वडाको वडा सदस्य रडगै टोलकी पार्बता कामी लगायत सम्पूर्ण किसान दाजु भाइ दिदी बहिनी उपस्थिति हुनु भएको टोलका बुद्धिजीवी युवा खगेन्द्र डाँगीले जानकारी दिनु भएको छ ।

टोलमा ग्रिन हाउस पनि उपलब्ध गराइएको छ यसमा १० जनाको टोलीको साथ फलफूलको नर्सरी राखी गाउँघर मै उपलब्ध गराउने र स्वरोजगार बन्ने डाँगीको भनाइ ।  असल र इमानदारिता साथ कृषि पेसा अङ्गाल्नु भएका विनोद चौधरिको तरकारीमा तनेल उपलब्ध गराइएको छ । उन्न्ती त प्रगति गर्छौ अब रोजगार गाउँ बाट नै हुन्छौ खगेन्द्र डागींको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्