Banner First

के तिमी साथ दिन्छौ ?

By थाहा अनलाइन

July 11, 2021

राजेश्वरी सुवेदी/

प्रेम, जो कुनै मनलाई नसोधी आउँछ जो कुनै समाजलाई नै सोधेर आउँछ न त कोहीको अनुमति लिएर आउँछ जो, पक्षपात विहीन हुन्छ स्वतन्त्रताको पराकाष्टा भन्दा माथि मनलाई नै जितेर, परिबन्ध बिनाको निष्पक्ष हुन्छ मन भन्दा माथि तर, यहाँ मान्छे बिर्सेर जात आउँछ मानवता बिर्सेर समाज आउँछ अनि शिक्षित भनिएको तिमी दोष लगाउँछौ समाज अनि आफन्तलाई खै तिमीले बुझेको र पढेको फरक समाज ? अनि खै ? तिमीलाई शिक्षित भनेर लगाएको ट्याग र शिक्षित हुनुको परिचय र फरकपन । बुझ, जात समाजले बनाएको हो समाज हामीले बनाएका हौं अब नयाँ र फराकिलो समाज होस जहाँ, मानवताको उच्च मूल्यांकन होस् यहाँ मान्छेले मान्छे चिनोस मान्छे भन्दा माथि समाज हुँदैन भन्ने बुझोस् न कि, समाजलाई दोष दिएर तिमी पछाडी हट । त्यसैले समाज र परिवारलाई दोष लगाएर तिमी अछुतो नबन उत्कृष्ट र फराकिलो समाज सबै मान्छे अटाउने समाज निर्माण गर्ने तिम्रो पनि दायित्व हो आउ बनाऊँ, मानवताको परिचय खुल्ने समाज जात भन्दा धेरै माथि जहाँ, मान्छको अस्तित्व र महत्व होस् भावनाको कदर होस् जुन समाज निर्माण गर्न म साथ दिन तयार छु तिमी छाडेर जान्छौ कि ? साथ दिएर फरक समाज निर्माण गर्न साथ दिन्छौ ?