जनक नेपाली
दाङ, २७ माघ । माओवादीसँग कुरा मिले आइतबार सम्म मन्त्रिपरिषद् बनाउने एमालेको तयारी असफल हुने देखिएको छ । माओवादी केन्द्रले सभामुख र उपसभामुखको निर्वाचन पछि मात्र मुख्य मन्त्री चयन गर्ने अडान राखेपछि सरकार विस्तारको काम अलपत्र पर्ने देखिएको माओवादी सासंद पूर्ण घर्ती (आयाम)ले जानकारी दिनुभयो । सैघाली खबर संग कुरा गर्दै (आयाम)ले आगामी फागुन २ मा सभामुखको निर्वाचन हुने र त्यसपछि मुुख्यमन्त्री चयन र सरकार विस्तार गर्ने माओवादीको योजना रहेको वताउँनुभयो । यद्यपी एमालेले भने भोली आईतवार बस्ने प्रदेश बैठकबाटै मुख्य मन्त्री चयन गर्ने दाउमा छ ।
सभामुखको निर्वाचन भन्दा अगाडी मुख्य मन्त्रीको चयन गर्न नदिने अडान कसेको माओवादीले सबै कुरा प्योकजमै हल गरेर मुख्य मन्त्री चयन गर्नु पर्ने माग राख्दै आएको (आयाम)ले वताउँनुभयो । एमालेले भने संसदीय दलको नेतामा शंकर पोखरेललाई केही समय अगाडी नै सर्वसम्मत चयन गरिसकेको थियो । माओवादीका तर्फबाट कुलप्रसाद केसी सोनामलाई प्रदेश ५ को दलको नेता बनाउन सर्वसम्मत रूपमा टुंग्याएको हो ।
मुख्य मन्त्री आलो पालो चलाउँनु पर्छ
प्रदेश नं. ५ को मुख्य मन्त्री एमाले र माओवादी आलोपालो गरी संचालन गर्नु पर्ने बताउँनु भएको छ । माओवादीका नेता एवं प्रदेश सभा सदस्य (आयाम)ले शीर्ष नेत्रित्वका बिचमा भएको सहमतिकै आधारणमा संत्ता समिकरण संचालन गर्नु पर्ने उल्लेख गर्नुभयो । एमाले र माओवादीका विचमा भएको ५० / ५० प्रतिशत व ६० / ४० को भाग बन्डाका आधारमा सत्ता संचालन गर्नु पर्ने बताउँनुभयो । शंकर जी ले ढाई बर्ष र सोनाम जी ले ढाई गरी बराबर तरिकाले सत्ता चलाउँनुपर्छ घर्तीले थप्नुभयो ।
प्रदेश सरकारबारे सबैधानिक व्यवस्था यस्तो छ
संविधानको धारा १६८ मा प्रदेश मन्त्रिपरिषद् गठनको व्यवस्था छ । उपधारा १ मा ‘प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुने उल्लेख छ ।
उपधारा ९२०मा ‘उपधारा १ बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ भन्ने उल्लेख छ । यसरी नियुक्त भएका मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ ।
माओवादीमा सभामुखका लागि बराल र घर्ती
मुख्यमन्त्री एमालेले लिने भएपछि सभामुख माओवादीको भागमा परेको छ । माओवादीले रुकुमका पूर्ण घर्ती (आयाम) र गुल्मीका सुदर्शन बरालमध्ये एकलाई सभामुख बनाउने तयारी गरेको छ । घर्ती सिनियर भए भुगोलका हिसावले रालको सम्भावना बढी छ । रोल्लाका कुलप्रसाद केसी सोनामलाई दलको नेता बनाएपछि भूगोल मिलाउन गुल्मीका बराललाई सभामुख बनाउने तयारीमा माओवादी रहेको एक प्रदेश सदस्यले बताए ।
एमालेले सरकार बनाउन हतार गरे पनि बढीमा नौजनासम्म मन्त्री बनाउने तयारी दुई दलको छ । मन्त्रीका लागि दुई दलबाट एक÷एक दर्जनभन्दा बढी नेताको दाबेदारी देखिएको छ ।
एमालेका दाबेदार
एमालेबाट मन्त्रीको चर्चामा नवलपरासीका बैजनाथ चौधरी, कपिलवस्तुबाट विष्णु पन्थी, रूपन्देहीका लीला गिरी, गुल्लीका कमल श्रेष्ठ, अर्घाखाँचीका चेतनारायण आचार्य र रामजीप्रसाद घिमिरे मुख्य दाबेदारका रुपमा देखिनु भएको छ ।
महिलाबाट बर्दियाकी कृष्णी थारू र रुपन्देहीकी विमला पन्थी पनि दाबेदार रहनु भएको छ । एमालेबाट भूमिश्वर ढकाल, कमल श्रेष्ठ र भगवती भण्डारीले पनि मन्त्रीका लागि दाबेदारी गरेको एक सदस्यले जानकारी दिनुभयो ।
माओवादीका दाबेदार मन्त्री
माओवादी पोलिटब्युरो सदस्य दधिराम न्यौपाने, पाल्पाका वसन्त घर्ती , प्युठानका कृष्णध्वज खड्का, दाङकी दामा शर्मा र इन्द्रजित चौधरी, बर्दियाका तिलकराम शर्मा, रुकुमका तेजबहादुर ओली मन्त्रीका दाबेदार हनु हुन्छ । एमाले र माओवादीबीच सरकारमा ७० र ३० प्रतिशत मन्त्रालय लिने मोटामोटी सहमति भए पनि आफूहरूका धेरै सिनियर नेता भएको भन्दै माओवादीले यो सहमतिमा चित्त नबुझाउने संकेत गरेको छ । हामीले यो प्रदेशमा राम्रै जितेका छौँ, यो हाम्रो आधार इलाका पनि हो, माओवादी सांसद (आयाम)ले थप्नुभयो ।यसैले पनि हामी यो प्रतिशतमा चित्त बुझाउने पक्षमा छैनौँ । थप मन्त्रालय चाहिन्छ । तीन मन्त्री पाएमा माओवादीले साबिकका राप्ती, भेरी र लुम्बिनीबाट एक–एकजनालाई मन्त्री बनाउने तयारी गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।