दलित कोटा होइन गरिब कोटा ल्याउनु पर्छ – मन्जित ताम्राकार 



काठमाडौँमा कोठा खोज्दा सानो जातलाई कोठा भाडामा राख्न नमिल्ने भन्ने घरबेटी काण्ड रुपा सुनार र सरस्वती प्रधान बिचको यो घटनाले सडक पीडितको तर्फबाट पनि तात्यो , आ’रोपितको तर्फबाट पनि तात्यो । यसैमा जोडिए शिक्षा मन्त्री जातीय छुवाछूतको आरोपमा पक्राउ परेकी सरस्वती प्रधानको मुद्दा प्रहरीले अनुसन्धान गर्दा अनुसन्धानमा बाधा पुर्‍याइ पहुँचकै भरमा आरोपितलाई सरकारी गाडीमा राखी घरसम्म पुर्‍याइनुले सिङ्गो दलित समुदाय आक्रोशित र आन्दोलित बन्यो ।

शिक्षा मन्त्रीको राजीनामा र कारबाहीको माग सहित ७७ जिल्लाबाट ज्ञापन पत्र र सडकमा आन्दोलन भयो । यति मात्र होइन पीडित रुपा सुनारले सर्वोच्च अदालतमा शिक्षा मन्त्री र घरबेटी विरुद्ध मुद्दा समेत हालिन । यो घटनाले न्यायको लागि आवज मात्र होइन विरोधका स्वरहरू पनि गुन्जिन थाले । कोटा र कोठाको चर्को बहस, आलोचना , टिप्पणीले सामाजिक सञ्जाल रगिन थाल्यो ।

कोटा पनि लिने विभेद भयो भनी मुद्दा पनि दर्ता गर्ने ? आरक्षण लिए पछि विभेद सहन पर्नी होर ? यस्ता धेरै विषय चले । दलितले पाएको ९% कोटाको चर्को विरोध भयो । यो विरोधले अर्को बहसको सिर्जना गराएको छ । आरक्षणका नाममा दलित भित्रका टाठा बाठाले मात्र प्रयोग गरेको भन्दै दलित नाममा दिएको आरक्षणले आरक्षित व्यक्ति र समुदाय लाभान्वित नभएको भन्दै गरिब कोटा लागू गरे ९ प्रतिशत बाट दलितले ४६ प्रतिशत आरक्षण पाउने राष्ट्रिय दलित आयोगका निवर्तमान कार्यवाहक अध्यक्ष मन्जित ताम्राकारले आफ्ना तर्क प्रस्तुत गरेका छन् । हेर्नुहोस् भिडियो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्