सैघाली खबर
दाङ, २७ माघ । प्रदेश नं.५ मा संसदीय दलको नेता बन्न काँग्रेस भित्र ठुलै रडाको मच्चिएको छ ।प्रदेशको मुख्यमन्त्रीमा भन्दा प्रमुख विपक्षी दलको नेताका लागि नेताहरु तँछाडमछाडमा उत्रिएका हुन । कांग्रेसका तीन सांसद संसदीय दलको नेता बन्ने दौडमा छन । प्रमुख विपक्षी दलको नेताका लागि दाङ ३ (१) का प्रदेश सभा सदस्य डिल्लीबहादुर चौधरी, पाल्पाका समानुपातिक सांसद वीरबहादुर राना र कपिलवस्तु ३ (१ ) का सांसद वीरेन्द्रकुमार कनौडिया कांग्रेस संसदीय दलको नेता बन्ने दौड रहेका छन् ।
तीनै नेताले बालकृष्ण खाणमार्फत लबिङ गरिरहेको कांग्रेस नेताहरू बताउँछन । कांग्रेसभित्रै भागबन्डा कांग्रेससँग सातवटै प्रदेशमा सरकार बनाउने मत छैन । संसदीय दलको नेता चयनमा पनि गुटगत भागबन्डा गरिने कांग्रेसका एक नेताले बताएका छन् । ती नेताका अनुसार सात प्रदेशमध्ये पाँचमा देउवा र दुईमा पौडेल पक्षबाट नेता चयन गरिन लागेको बताए ।
तीन दाबेदार ?
संसदीय दलको नेतामा दाबेदारमध्येका राना कांग्रेस पाल्ला सभापति हनु हुन्छ । प्रदेश सभा पहिलो बैठकमा उनले नै सम्बोधन गरेका थिए । संसदीय दलको नेता चयन गर्र्नैका लागि पहिलो बैठकमा बोल्ने दिइएको कांग्रेस नेताहरू बताउँछन ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलनिकटका रानालाई सभापति शेरबहादुर देउवा पक्षले स्वीकार गर्नु भएको छैन ।दलको नेता बनाएर देउवा पक्षमा ल्याउने कसरत चलिरहेको एक नेताले जानकारी दिनुभयो ।
सांसद डिल्लीबहादुर चौधरी चौधरी देउवा निकट रहनु भएको छ । संघीय सरकारमा श्रम राज्यमन्त्री रहेका उनी ०७० को संविधानसभा निर्वाचनमा समानुपातिकबाट सांसद बन्नु भएको छ ।
यसैले दाङको असन्तुष्टि मेटाउन चौधरीलाई संसदीय दलको नेता बनाउने छलफल पनि चलिरहेको कांग्रेस नेताहरू बताएका छन । कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार, बुटवल अस्थायी राजधानी बनाउन जोडतोडले लागेका खाँड पनि चौधरीलाई संसदीय दलको नेता बनाउनका लागि लविङ गरेको नेताको भनाई छ। त्यस्तै, संसदीय दलको उपनेता र सचेतकमा भने महिलालाई जिम्मेवारी दिनुपर्ने कांग्रेसभित्र तयारी भइरहेको छ । उपनेता र सचेतकका लागि निर्मला क्षत्री र रमा अर्यालको दाबी छ ।
मिलाउने जिम्मा खाँडलाई
कांग्रेस केन्द्रले संसदीय दलको नेता चयन तथा प्रदेश सभा हेर्ने जिम्मा बालकृष्ण खाँडलाई दिएको छ । नेता खाँडले सकेसम्म सहमतिमै संसदीय दलको नेता चयन गरिने बताउँनुभयो ।सहमति नभए निर्वाचनका माध्यमबाट टुंग्याइने जनाएको छ । यो प्रदेशमा कांग्रेसका १९ सांसद रहनु भएको छ । जसमा प्रत्यक्ष निर्वाचित सातैजना देउवा पक्षका छन । समानुपातिकका १२ मध्ये पनि तीन जना मात्रै पौडेल पक्षका छन ।
तीन नेता
वीरबहादुर राना, पाल्पा
संख्यात्मक हिसाबले प्रदेश ५ मा कमजोर छौँ । संख्या कम हुँदैमा जनताप्रतिको जिम्मेवारी कम हुँदैन । पहिलोपटक अभ्यास भइरहेको प्रदेश सभामा प्रतिपक्ष उत्तिकै सशक्त हुन जरुरी छ । त्यसका लागि संसदीय दलको नेताको रूपमा मेरो दाबी छ ।
वीरेन्द्र कनौडिया, कपिलवस्तु
संसदीय दलको नेतामा मेरो प्रमुख दाबी छ । प्रदेश सभा सदस्यमध्ये सबैभन्दा सिनियर हुँ ।केन्द्रीय सांसद भइसकेको छु । त्यसैले साथीहरूले मेरै नाममा सहमति जुटाउँनु हुन्छ भन्ने लागेको छ ।
डिल्लीबहादुर चौधरी दाङ
संसदीय दलको नेताका लागि पाट छलफल भएको छैन । यसमा मेरो पनि दाबी छ, । अब पार्टीमा छलफल होला । धेरै ठाउँमा कांग्रेसले हारेको वेला म निर्वाचित सांसद हुँ । पार्टीले भूमिका दियो भने डटेर काम गर्न तयार छु ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।