दुर्घटना

दाङमा यात्रुवहाक बस र जिप ठोक्किँदा छ जना घाइते

By Thah Online

July 11, 2021

दाङकाे लमही घोराही सडक खण्ड अन्तर्गत मसोटमा यात्रुवाहक बस र जिप एक आपसमा ठोक्किँदा जना ६ जना घाइते भएका छन् । दाङमा यात्रुवाहक बस र जिप एक आपसमा ठोक्किँदा छ जना घाइते भएको छन् । आज (आइतबार) दिउँसो १ बजे भालुवाङ्बाट घोराही तर्फ आउँदै गरेको रा १ ज ७०६ नम्बरको जिप र घोराहीबाट लमहीतर्फ जाँदै गरेको ना ५ ख २८०८ नम्बरको यात्रुवाहक बस मसोटको मोडमा ठोक्किएका हुन् ।

घाइते हुनेमा जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर ३ मसोटको मोडमा आइतबार दिउँसो करिब १ बजेतिर बस र जिप एक आपसमा ठोक्किँदा ६ जना घाइते भएका हुन् ।

यस्तै, जिप चालक र अर्का एक जना पनि घाइते भएका छन् । सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् । घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक थम्मन जिसीले जानकारी दिए । दुवै सवारी ठोक्किएपछि सवारी आवागमन केही बेर अवरुद्ध भएको थियो । प्रहरीको टोली पुगेर दुर्घटनाग्रस्त सवारी सडकबाट छेउ लगाएसँगै आवागमन सुचारु भएको छ ।