झापाको बिर्तामोडमा एक युवतीको श’व भेटियाे



झापा ।  झापाको बिर्तामोडमा एक युवतीको श’व भेटिएको छ । उनको ह’त्या भएको आशङ्का गरिएको छ । युवतीको श’व बिर्तामोड नगरपालिका ५ को सुगम पेट्रोल पम्प नजिक अर्धनग्न अवस्थामा सोमबार  बिहान फेला परेको हो ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सन्तोष आचार्यका अनुसार  सो श’व   २५ वर्षीय  युवती सिर्जना बस्नेतको हो । पूर्वपश्चिम राजमार्गको सुगम पेट्रोलसँगै रहेको एक घरको आँगनमा सिर्जना मृत फेला परेको प्रहरीले जनाएको छ ।

सिर्जना आमासहित सानीमाको घरमा  बस्दै आएकी थिइन् । उनले  बिर्तामोडकै एक सहकारीमा काम गर्ने गरेको प्रहरीले जनाएको छ । घटनाको विषयमा इलाका प्रहरी कार्यालय बिर्तामोड र जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको  छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्