सैघाली खबर,
तुलसीपुर २७ माघ ।
राष्ट्रिय निजि तथा आबासीय बिद्यालय एसोसियशन नेपाल ( एनप्यावसन) दाङले एनप्याब्सन बर्ष बिद्यार्थी कार्यक्रम शुरु गरेको छ । बर्षको उत्कृष्ठ छात्र, छात्रा छनौट गर्ने उदेश्यले कार्यक्रम शुरु गरिएको एनप्याव्सन दाङका अध्यक्ष भिम बहादुर बुढाथोकीले वताए । बिद्यार्थीहरुको शिर्जनशिलतालाई बढाउन उक्त कार्यक्रमको शुरुवात गरिएको उनले वताए ।
अब देखी एनप्यावनले प्रत्येक बर्ष निजि बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुबीचमा प्रतिस्पर्धा बनाउने छ । ती बिद्यार्थीहरु मध्य उत्कृष्ठ हुने एक जना छात्र र एक जना छात्रालाई एनप्याव्सन बर्ष उत्कृष्ठ बिद्यार्थी छनौट गर्नेछ । उत्कृष्ठ बिद्यार्थीलाई पाँच÷पाँच हजार पुरस्कारको पनि व्यबस्था गरेको छ ।
यसैबीच शनिबार एक कार्यक्रमकाबीच कार्यक्रमको शुरुवात गरिएको छ । अध्यक्ष भिम बहादुर बुढाथोकीको अध्यक्षता तथा एनप्यावसनका केन्द्रीय सदूस्य प्रेम बहादुर नेपालीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अबशरमा प्रमुख अतिथि नेपालीले बिद्यार्थीहरुको चौतर्फी विकासका लागि उक्त कर्यक्रमले महत्वपुर्ण भुमिका राख्ने वताएका थिए । यस्तै अतिरिक्त कार्यक्रमले गर्दा नै निजि बिद्यालयको शिक्षा गुणस्तरीय भएको भन्दै उनले अब राज्यले पनि निजि बिद्यालयलाई हेर्ने दृष्टिकोण परिबर्तन हुनुपर्ने वताए । अहिले राज्यले निजि बिद्यालयलाई बिभिन्न बाहानामा दुःख दिने गरेको भन्दै शिक्षा क्षेत्रलाई माथि उठाउन बिशेष भुमिका निर्बाह गरेका निजि बिद्यालयलाई समान रुपमा लैजानु पर्ने वताए । कार्यक्रममा बिशिष्ट अतिथि एभरेष्ट एकाडेमीका नारायण भट्टराईले एनप्याव्सनले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने वताएका थिए ।
एनप्यावसनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक भोजराज न्यौपानेले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष बिमल गौतमले धन्यवाद ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सचिब ठाकुर डाँगीले गरेका थिए । यस बर्षको छनौट प्रतियोगितामा १० बिद्यालयका बिद्यार्थीहरुले सहभागिता जनाएका छन् । कार्यक्रमलाई तुलसीपुरको एभरेष्ठ एकाडेमी र क्यापिटल प्रेस प्रालि काठमडौले प्रायोजन गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।