सैघाली खबर,
घोराही, २७ माघ ।
बिद्यार्थीलाई नैतिक शिक्षा दिनुपर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । भ्यालीटप बोर्डिङ स्कुलको १५ औं बार्षिकोत्सवको अबसरमा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।
ब्यबहारिक र नैतिक शिक्षाको अभावमा अनैतिक घटनामा बृद्धि भएको भन्दै उनीहरुले ब्यबहारिक शिक्षाका लागि विद्यालय प्रशासन र शिक्षकले ध्यान दिनुपर्ने बताएका थिए । त्यस अवसरमा बोल्दै प्रदेश सांसद अमरबहादुर डाँगीले विद्यार्थी काचो माटो भएको भन्दै देशको समृद्धिका लागि योग्य नागरिक तयार पार्ने जिम्मा शिक्षकको भएको बताउनुभएको थियो ।
यस्तै कार्यक्रममा घोराही उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख नारायणप्रसाद पौडेलले बिद्यार्थीलाई नरम र शिष्ट व्यबहारमा पठनपाठन गर्नुपर्ने बताउनुभएको थियो । बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
बार्षिकोत्सबमा उत्कुष्ट अंक र अनुशासीत बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । त्यस अवसरमा बिद्यार्थीले विभिन्न बिज्ञान प्रदर्शनी र न्यृत्य, गीत तथा अन्य प्रतिभाहरु प्रस्तुत गरेका थिए । बिद्यालयका भ्याइस प्रिन्सिपल लालमणी बस्यालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक खुम केसी बिद्यार्थी अभिशेक आचार्य तथा लक्ष्मी भुषालले गर्नुभएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।