प्रदेश नं. ७ को सभामुखमा एमालेका अर्जुनबहादुर थापा निर्वाचित



 

सैघाली खबर

कैलाली २७ माघ, । प्रदेश ७ को सभामुखमा एमालेका अर्जुनबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।
सभामुखका लागि वाम गठबन्धनका थापाको मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् । थापाको प्रस्तावकमा दीर्घ सोडारी चता समर्थकमा त्रिलोचन भट्ट छन् । थापाले दलहरुको भावना बुझेर अगाडि बढ्ने बताए । ६२ वर्षीय थापा बझाङ १ क बाट प्रदेशसभा सांदसमा विजयी भएका थिए । २०३६ सालमा शिक्षक संगठनबाट राजनीतिमा प्रवेश गरेका थापा २०५६ को आमचुनावमा प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्