गाउँ पुग्दै लागु औषध विरुद्धको अभियान



 

सैघाली खबर
दाङ, २७ माघ । सरकारले लागु औषध विरुद्धको अभियान गाँउ केन्द्रित गरेको छ । गृह मन्त्रालय मार्फत सरकारले लागु औषध नियन्त्रण (सिधा कारबाही) कार्यक्रम अन्तरगत जिल्ला प्रहरी , नगर ईलाका,चौकीहरु मार्फत समिति गठन गरी अभियानका रुपमा अगाडी बढेको हो ।
सबैको समस्याको रुपमा देखा परेको लागु औषधी दुव्यर्सनलाई नियन्त्रण गर्न अभियान सुरु गरिएको हो ।नगर स्तरिय लागु औषध नियन्त्रण अभियान घोराहीमा सुरु गरिएको छ ।समितिले घोराही उपमहानगरपालिका वडा नम्बर १४ मा एक कार्यक्रमको आयोजना गरी टोलबासीहरुलाई सचेत बनाएको हो ।वडा प्रहरी कार्यालय दाङले गठन गरेको नगर स्तरिय समितिको आयोजनामा उक्त अभियान सुरु गरिएको हो ।

पछिल्लो समय अभिभावकहरु छोराछोरीप्रति जिम्मेवार नहुँदा उनीहरु कुलतमा फसेको वताएका थिए । लागु औषध, यसबाट बच्ने उपाय, लागु औषध नियन्त्रणमा अभिभावकको भूमीका लगायतका विषयमा वडा प्रहरी प्रमुख अवाले जानकारी गराउनुभएको थियो । कार्यक्रममा सहभागी सर्बसाधारणले लागु औषध नियन्त्रणमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

 

वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक रञ्जन अवाको प्रमुख आतिथ्य एवं नेपाल पत्रकार महासघ दाङका कोषाध्यक्ष आर.के.शीतलको विशिष्ठ आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।न्यू निर्जनशील टोल विकास संस्थाका अध्यक्ष शेरजन विकको अध्यक्षता भएकोकार्यक्रमको सहजिकरण जानकी टोल विकास संस्थाका अध्यक्ष मधुसुदन अधिकारीले गर्नुभएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्