भोलि देखि लामो दूरीका सार्वजनिक सवारी साधन चल्ने



काठमाडौँ । भोलिदेखि लामो दूरीका सार्वजनिक सवारी साधन चल्न दिने तयारी भएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीले यस्तो तयारी गरेका हुन् ।
 
जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सर्वसाधारण नागरिकलाई लक्षित गर्दै सार्वजनिक सवारी सञ्चालनको तयारी गरिएको बताउँछन् ।

प्रजिअ निरौलाका अनुसार अत्यधिक भिडभाड हुने क्षेत्र विद्यालय, सिनेमा हल, जिमखाना, स्वीमिङपुल, पार्टिप्यालेस, मठमन्दिरहरुको हकका पहिला कै नियम कायम गरिनेछ । 

यसअघि छोटो दूरीका सबै किसिमका सार्वजनिक सवारी साधन सञ्चालनमा आइसकेका छन् । २५ सिट क्षमताभन्दा माथिका सार्वजनिक सवारी साधनमा लगाइएको जोर–बिजोर प्रणाली पनि हटिसकेको छ । व्यापारिक प्रयोजनका क्षेत्रहरू पनि सञ्चालनमा आइसकेका छन् । 

काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । पछिल्लो दश दिन थप गरिएको निषेधाज्ञा आज बेलुका राति १२ बजे सकिँदै छ । काठमाडौँ उपत्यकामा दैनिक पाँच सयको हाराहारीमा सङ्क्रमण फैलिरहेको छ । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्