काठमाडौं उपत्यकाभित्र १० दिनको लागि निषेधाज्ञा



आज बसेको काठमाडौँ उपत्यकाका तीनै जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीहरूको बैठकले यथास्थितिमा साउन १० गतेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको हो ।

काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार आगामी १० दिन निषेधाज्ञा थप गरिएको छ । तर मापदण्ड भने पहिलेकै अवस्था रहेको छ ।

लामो दुरीका सार्वजनिक सवारी सम्बन्धी कुनै पनि निर्णय गरेको छैन। लामो दुरीका सार्वजनिक सवारी साधनलाई मन्त्रिपरिषद्को बैठकले नै खोल्ने भएकाले कुनै पनि निर्णय नभएको उनले बताए ।

‘अहिले सञ्चालन हुँदै आएको पसलहरू भने साँझ ७ बजेसम्म खोल्न दिने निर्णय भएको छ।’

पछिल्लो पटक थप गरिएको निषेधाज्ञा आज राती १२ बजेबाट सकिँदै छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्