विद्युत महशुल बुझाउँन लाईनमा बस्न नपर्ने



सैघाली खबर
दाङ,२७ माघ ।बिद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरमा कुपन मार्फत बिद्युत महसुल तिर्न सकिने प्रणाली बिस्तार भएको छ । कुपन प्रणाली मार्फत बिद्युत महसुल तिर्न सकिने भएपछि सेवाग्राहीले घण्टौ लाईनमा लाग्नुपर्ने वाध्यताको अन्त्य भएको छ । कार्यालयमै महशुल बुझाउँने मेसिन जडान गरेपछि भएपछि सेवाग्राहीलाई सेवा दिन सहज भएको उनले वताए । ‘२०/ २५ दिन अघि सोही मेसिन जडान भएको हो ’ उनले भने ‘ मेसिन जडान भएपछि सेवाग्राहीलाई पनि घण्टौ लाईनमा बस्नु पर्ने बाध्यता अन्त्य भएको छ । ’

अहिले मेसिनबाट कुपन लिएर आफ्नो पालो आउँदा सम्म अन्य काम पनि गर्न सकिने उनले वताए । त्यहाँ कुपन लिईसकेपछि कति समयमा पालो आउछ भन्ने बारेमा डिस्प्लेमा देखाउछ । त्यही आधारमा त्यो अबधिभर आफुले अन्य कुनै काम गर्न सकिने समेत उनले वताए । उनले भने ‘ कुपन काटेर आधा घण्टा पछि मात्रै पालो आउने भएपछि त्यतिन्जेल अन्य काम सकेर आउन सकिन्छ ।’

कुपन लिईसकेपछि काउन्टरमा बुझाउने र पालो आउने वितिकै त्यहाँ जोडिएको साउन्ड सिस्टम मार्फत कुपन नंबर बोलाउने गर्छ । सोही कुपन नंबर अनुसार सेवा ग्राहीले विद्युत महसुल बुझाउन सक्ने उनले वताए । साथै त्यहाँ रहेको डिस्प्लेमा कति जना ग्राहकले कुपन लिए भन्न बारेमा पनि डिस्प्लेमा देखाउछ । करिब तीन करोडको लगानीमा टोकन मेसिन जडान गरिएको उनले वताए । उक्त मेसिन जडान भएपछि कर्मचारीलाई पनि काम गर्न सहज भएको उनको भनाई छ । ‘मेसिन जडान भएपछि सेवाग्राही पनि पहिले जस्तो लाईन लागि रहनु पर्ने अबस्थाको अन्त्य भएको छ ’ उनले भने ‘ कर्मचारीलाई पनि पहिले जस्तो चाप छैन् । ’

साथै अहिले ६ वटा सिसि क्यामेरा जडान गरिएको कार्यालयका सुपरभाईजक दिपक बुढाथोकीले वताए । करिब ५० हजारको लगानीमा सिसि क्यामेरा जडान गरिएको उनले वताए । त्यस्तै कर्मचारीलाई मध्यनजर गरी टेलिभिजन र मोवायल चार्जर पनि जडान गरिएको छ ।

यस्तै बिद्युत कार्यालय तुलसीपुर बितरण केन्द्रमा एम्पावर सफ्टवोयर जडान गर्ने तयारी भएको बुढाथोकीले वताए । उक्त मेसिन जडान भएपछि ग्राहकले घरबाटै बिद्युतको बिल तिर्न सक्ने उनले वताए । उक्त मेसिन जडानको तयारी भईरहेको र अबको केही समयमा काम शुरु हुने उनले वताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्