लागु औषध सहित टीकापुरबाट २ जना प’क्राउ



लागु औषध सहित टीकापुरबाट २ जना पक्राउ परेका छन् । लागु औषध खैरो हिरोइन सहित जिल्ला कैलाली टिकापुर नगरपालिका वडा नं ७ बैदी बस्ने वर्ष ३६ को लोकेन्द्र साउँद र ऐ.बस्ने वर्ष २८ को धन सिंह सुनार प’क्राउ परेका हुन । 

३१ गते बिहीबार  साँझ १९:०० बजेको समयमा जिल्ला कैलाली टीकापुर नगरपालिका वडा नं. ६ नारायणपुर शिविर स्थितमा लागु औषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटी गएको प्रहरी टोलीले  दुई जनालाई प’क्राउ गरेको छ  । 

उनले झोलाबाट प्लास्टिकको झिल्लीभित्र लुकाई छिपाई राखेको अवस्थामा लागु औषध बरामद  (खैरो हिरोइन) १४.९७ ग्राम फेला पारी गरिएको बताए । उनीहरूमाथि लागु औषध अन्तर्गतको मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्