घोराही खानेपानीको १८ औ साधारणसभा
गिरिराज नेपाली
घोराही, २७ माघ । पुर्व उपप्रधान मन्त्री तथा प्रतिनिधिसभा सदस्य कृष्ण वहादुर महराले नेपाल पानी बेचेर समृद्ध बनाउन सक्ने आधार भएको बताउनु भएको छ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १८ औं साधारणसभा लाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
बढ्दो जलवायु परिवर्तन कारण खानेपानीको श्रोतको सुक्दै गएको बताउँदै संरक्षण गर्नु पर्ने बताउँनु भयो । दाङमा दैनिक पानीका श्रोत सुक्दै गएको वताउँदै अब दाङ लाई खानेपानी अभाव मुक्त जिल्लाको रुपमा विकास गर्नु पर्ने बताउँनुभयो ।
सुक्दै गईरहेका मुहान र वढ्दै गईरहेको पानीको अभाव टार्न बिकल्प खोज्नु पर्ने बताउँनुभयो । वैज्ञानिक बसोवासको व्यवस्थापन, वढ्दो प्रदुषण नियन्त्रण र सिमेन्ट उद्योगहरुको व्यवस्थापन गर्न सकेमा जलाधार क्षेत्रको संरक्षण गर्न सकिने वताउँनुभयो ।
जिल्लामा खानेपानीको मुख्य कारक र चुनौतीका देखिएको सिमेन्ट उद्योगको वढ्दो चुनढुङगा उत्खनन नै रहेको टिप्पणी गर्दे महराले उत्खनन र प्रदुषणको नियन्त्रण गर्न अति जरुरी रहेको बताउँनुभयो ।
दाङको सम्भावना र चुनौतीका रुपमा देखिएका सिमेन्ट उद्योग नै त्यसको मुल कारक रहेको पनि उहाँले औल्याउनुभयो ।
मुलुक समृद्धिको बाटोमा उन्मुख भईरहेकाले पानीको धनी देश नेपाललाई पानीमै समृद्धिको विकल्प खोज्नुपर्ने पनि उहाँले बताउनुभयो ।
दाङको खानेपानी र हरियालीका लागि देउखुरीमा राप्ती नदि, दाङ उपत्यका बबई, कटुवा , हापुर खोला , ग्वार , पातुखोला र भमके खोलामा दिर्घकालिन योजना सहितको हाईड्यामको निर्माण गरी दाङ लाई पानीको अभाव वाट बचाउन पनि सकिने उहाँले बताउनुभयो । त्यसमा राज्यले पनि उचित लगानीको बन्दोबस्त गर्नुपर्ने उहाँलेका भनाई छ ।
कार्यक्रमका विशिष्टि अतिथि राष्ट्रियसभा सदस्य अनिता देबकोटाले पानी नै जीवन रहेकाले यसको संरक्षण र विकासका लागि सवैले साझा प्रयासका साथ काम गर्ने उहाँले बताउनुभयो । सवैलाई खानेपानीको पहुचमा ल्याउन राष्ट्रिय नीति कार्यक्रम नै बनाई कार्यन्वयन गरीनुपर्ने उहाँले बताउनुभयो । त्यस्तै प्रदेशसभा सदस्य अर्जुन कुमार श्रेष्ठले दाङलाई पानीको संकटवाट मुक्त गर्न स्थानीय तह देखी केन्द्रिय तह सम्मकै योजनाहरु निर्माण गरी पर्यावरण संरक्षणमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यष देवी वहादुर डिसीको अध्यक्षता तथा पुर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य कृष्ण वहादुर महराको प्रमुख आतिथ्यता तथा राष्ट्रियसभा सदस्य र प्रदेशसभा सदस्यद्वय अनिता देबकोटा र अर्जुन कुमार श्रेष्ठ विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा नेकपा एमाले अध्यक्ष टिकाराम खडका , नेपाली काँग्रेसका उपसभापति कमानसिंह भारती, नेकपा माओवादी केन्द्रका सह–इन्चार्ज हेमराज शर्मा ‘डायमण्ड’ , लुमाकान्त न्यौपाने, एमाले नेता देवी पोख्रेल, घोराही उपमहानगरपालिका –१६ का अध्यक्ष लक्षिन प्रसाद वुढा , नेपाल पत्रकार महासंघ दाङकाअध्यक्ष सविन प्रियासन, खानेपानी डिभिजन दाङक अध्यक्ष चोकप्रसाद धिताल, गोविन्द प्रसाद न्यौपाने, तुलसीपुर खानेपानीका अध्यक्ष खेमराज वंली , बेलझुण्डी खानेपानीको अध्यक्ष प्रदिप गौतम , चौघेरा खानेपानी संस्थाका अध्यक्ष हरि सुवेदी , नारायणपुर खानेपानी संस्थाका कुल प्रसाद रजौरे , नागरिक सरोकार केन्द्रका भुपाल गिरी र उपभोक्त उमा पोख्रेल लगाएतकाले भनाई राख्नुभएको थियो । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका उपाध्यक्ष बलदेव योगीको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमको कोषाध्यक्ष ध्रुव केसीले आर्थिक प्रतिवेदन र सचिव सुमन शर्माले सस्थागत प्रतिवदेन प्रस्तुत गर्नुभएको थियो । भने कार्यक्रमको सहजीकरण सचिव सुमन शर्माले गर्नुभएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।