भैँसी व्यवसाय प्रवर्द्धन कार्यक्रममा ५० कृषकलाई च्यापकटर मेसिन वितरण 



जनकपुरधाम ।  प्रदेश न.२ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह ज्यूले आज ५० थान च्याप कटर आज कृषकहरूलाई हस्तान्तरण गर्नु भयो । सहिद नगरपालिका, गोठकोयलपुर धनुषामा भैँसी व्यवसाय प्रवर्द्धन कार्यक्रममा ५० जना किसानलाई मोटर सहितको च्यापकटर मेसिन वितरण गरिएको हो । 

भैँसी ब्लक कार्यक्रम सञ्चालन अन्तर्गत भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाद्वारा भैँसी ब्लक सञ्चालन समिति शाहिदनगर नगरपालिका र भेटेनरी अस्पताल धनुषा बिच २०७७/०१/२२ गते सम्झौतामा हस्ताक्षर भएको थियो । 

आर्थिक वर्ष २०७८/७९ को बजेटमा कृषि तथा पशुपन्छी तर्फ भेटनेरी अस्पताल तथा पशु सेवा बिग्य केन्द्र धनुषाको मातहतमा रहेको भैँसी ब्लक कार्यक्रम शहिदनगर नगरपालिका को लागि छनोट भए पनि सो कार्यक्रम आज सफल भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्