अपराध

एक हप्ता नबित्दै देवाही गोनाही नगरपालिकामा दुइजना दलित महिला ब’लत्कृत

By Thah Online

July 16, 2021

एक हप्ता नबित्दै रौतहटको देवाही गोनाही नगरपालिकामा दोस्रो दलित महिला ब’लात्कारको सिकार भएकी छन् । रौतहटको देवाही गोनाही नगरपालिकामा एक हप्ताभित्रै दलित महिलामाथि भएको यो दोस्रो बलात्कारको घटना हो । प्रहरीका अनुसार देवाही गोनाही–१ का ४० वर्षीय राकेश राउत कुर्मीले गए राति सोही वडाकी ३० वर्षीय पासवान थरकी विवाहित महिलालाई जबरजस्ती करणी गरेका हुन् ।

राति करिब १२ बजेको समयमा कुर्मी ती महिलाको घरभित्र प्रवेश गरी ज्यान मार्ने धम्की दिएर जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी प्रमुख राजन लम्सालले बताएका हुन्  ।

महिलालाई करणी गरेकै बेला महिलाले गुहार र हल्ला गरेपछि राकेश राउत कुर्मी फरार भएको प्रहरीको भनाइ छ । पीडित महिलाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परीक्षण भइसकेको तथा आ’रोपित कुर्मीको खोजी भइरहेको प्रहरी निरीक्षक लम्सालले जानकारी दिए ।

केहीदिन अघिमात्र यहीँ देवाही गोनाही नगरपालिका–७ उचिडिह टोलका ५० वर्षीय नागेश्वर कुश्वाहा करणी आ’रोपमा प’क्राउ परेका थिए । आफ्नै गाउँकी एक जना विवाहित दलित जबरजस्ती करणी गरेको आ’रोपमा प’क्राउ परेका उनीमाथि मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं डिएसपी श्रीराम भण्डारीले बताए ।