भुतपुर्व सैनिक संघ दाङ द्वारा एम्वुलेन्स संचालनमा



सैघाली खबर
दाङ२७ माघ । मानवीय सेवाभावको उद्देश्य राख्दै नेपाल– भारत भुतपुर्व सैनिक संघ दाङले शनिवार देखी दाङमा एम्बुलेन्स सेवा सञ्चालन ल्याएको छ । शनिवार एक कार्यक्रमको आयोजना गर्दै संघले सेवा सञ्चालनमा ल्याएको हो । संघका अध्यक्ष कृष्ण बहादुर घर्ती अध्यक्षता तथा संघका जेष्ठ सदस्य मन वहादुर पुनको प्रमुख आतिथ्यताका एम्बुलेन्स सेवाको औपचारिक रुपमा उद्घाटन गर्दै सेवा प्रारम्भ गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुनले सेवामुखी भावका साथ सञ्चालनमा ल्याइएको नाफामा भन्दा सेवामा ध्यान दिने बताउँनुभयो ।

कार्यक्रममा घोराही उपमहानगरपालिका –१७ का अध्यक्ष खुसीराम चौधरी , संघका सदस्यहरु भिम वहादुर थापा , सोविलाल पुन र भोपलाल रोका लगाएतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संघले रा १ च ७७६ नम्वरको एम्बुलेन्स जिप नेपाल भारत दुतावास सहयोगमा पुर्व उपप्रधानमन्त्री कृष्ण वहादुर महराको पहलमा दाङ भित्र्याएको हो । संघका सदस्य राम वहादुर पुनको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव पदम केसीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्