काँग्रेस नेता रामाज्ञा यादवको निधन



नेपाली काँग्रेस नेता रामाज्ञा यादवको निधन भएको छ। ५० वर्षीय यादवको गए राति भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 
पछिल्लो तिन वर्षदेखि ब्लड क्यान्सर रोगबाट ग्रस्त उनको झन्डै एक वर्षदेखि भरतपुरमा डायलासिस हुँदै आएको थियो । उपचारकै क्रममा गए राति निधन भएको उनका सहयोगी नेक महमदले जानकारी दिए ।

यादवको आजै उनकै गाउँ बृन्दाबन नगरपालिका ८ बहुअरी छेउमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ । यसअघि क्षेत्र ४ का उनी काँग्रेस सभापति रहेका थिए । गत निर्वाचनमा उनी काङ्ग्रेसबाट प्रदेश सांसदमा चुनाव लडेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्