प्रदेश समाचार

काँग्रेस नेता रामाज्ञा यादवको निधन

By Thah Online

July 17, 2021

नेपाली काँग्रेस नेता रामाज्ञा यादवको निधन भएको छ। ५० वर्षीय यादवको गए राति भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  पछिल्लो तिन वर्षदेखि ब्लड क्यान्सर रोगबाट ग्रस्त उनको झन्डै एक वर्षदेखि भरतपुरमा डायलासिस हुँदै आएको थियो । उपचारकै क्रममा गए राति निधन भएको उनका सहयोगी नेक महमदले जानकारी दिए ।

यादवको आजै उनकै गाउँ बृन्दाबन नगरपालिका ८ बहुअरी छेउमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ । यसअघि क्षेत्र ४ का उनी काँग्रेस सभापति रहेका थिए । गत निर्वाचनमा उनी काङ्ग्रेसबाट प्रदेश सांसदमा चुनाव लडेका थिए ।