शहिदको रगतकै जगमा परिर्वतन : नेताहरु



सैघाली खबर
दाङ,२८ माघ

नेकपा एमाले दाङले लोकतान्त्रिक आन्दोलनका प्रथम शहिद उमेशचन्द्र थापाको १२ औं स्मृति दिवसमा अन्तक्र्रिया गरेको छ । शनिवार घोराहीमा भएको अन्तक्र्रियामा बोल्दै एमालेका नेता तथा कार्यर्ताहरुले उमेहचन्द्र जस्तै शहिदहरुको रगत बाट देशमा परिर्वतन सम्भव भएको बताए । गंगालाल , धर्मभक्त , दशरथ चन्द्र र शुक्रराजको रगतले राणा फाल्यो , उमेशचन्द्र लगायतका शहिदहरु रगतले निरंकुश राजतन्त्र फाल्ने काम गरेको स्मरण गर्दै उनिहरुले शहिदकै रगतको जगमा देशमा व्यवस्था परिर्वतन सम्भव भएको चर्चा गरे ।

०६२ / ६३ को जनआन्दोलनले देशको गणतनत्र स्थापना भएको चर्चा गदैं वक्ताहरुले शहिदहरुको योगदानले देश समृद्धितर्फ उन्मुख भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि एंम प्रतिनिधिसभा सदस्य मेटमणी चौधरी शहिदको रगतले ल्याएको परिर्वतन लाई संस्थागत गर्न समृद्धि आवश्यक रहेकको बताए ।
एमाले दाङका इञ्चार्ज समेत रहनुभएका चौधरीले समृद्धिका लागी हरेक नेता , कायकर्ताले आफ्नो क्षमता विकासमा ध्यान दिनुपर्नेमा जोड दिए ।

यसैगरी नेकपा एमाले सामाजिक सेवा विभागका केन्द्रय सदस्य विकिरण गौतमले लोकतान्त्रीक आन्दोलन र उमेशचन्द्रको शहादतका विषयलाई लिपिबद्ध गनुपर्नेमा जोड दिए ।सो अवसरमा बोल्ने नेता तथा कार्यकर्ताले शहिद उमेशचन्द्र राष्ट्रकै शहिद भएकाले आन्दोलनमा उहाँको योगदान ,बलिदानको स्मरण गर्ने काम राज्यस्तर बाटै हुनुपर्नैमा जोड दिएका थिए ।

उमेशचन्द्रले देखेको सपना १२ वर्षपछि स्थानीय तहमा जनप्रतिनिधि आएको चर्चा गर्दै स्थानीय सरकारहरुले पनि उमेशचन्द्रको सम्मानमा ध्यानदिनुपर्ने बताए ।उनीहरुले शहिद उमेशचन्द्रको चिरस्मरणका लागी शहिद गेटजस्तै अन्य कुनै स्थान संरचना निर्माण गर्ने तथा संस्थागत रुपमा प्रतिष्ठान गठन गरी क्रियाशिल गराउनुपर्नेमा जोड दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्