कतार प्रवेश गर्नेहरुका लागि नयाँ स्वास्थ्य मापदण्ड लागू, यी हुन् जान्नै पर्ने कुरा



दोहा– नेपालीहरूका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मानिएको कतारले आजदेखि आफ्नो मुलुक प्रवेश गर्नेहरूका लागि नयाँ नियम लागू गरेको छ ।

पछिल्लो समय कोरोना महामारी घट्दैन गएपछि कतार सरकारले नयाँ स्वास्थ्य मापदण्ड आजदेखि लागू गरेको हो । अब कतारले मान्यता दिएको कोरोना विरुद्धको दुवै डोज खोप लगाएकाहरूले भने क्वारेन्टाइन बस्नु नपर्ने भएको छ ।

कस्तो व्यक्तिले क्वारेन्टाइन बस्नुपर्छ वा पर्दैन्?

कतारले मान्यता दिएको फाइजर बायोन्टेक, मोडर्ना, एस्ट्राजेनिका र जोनसेन एण्ड जोनसेन खोपको मात्रा पूरा गरी प्रमाणपत्र लिएकाहरूले क्वारेन्टिन बस्नु नपर्ने जनाइएको छ ।

तर कतारमा मान्यता प्राप्त नभएको कुनै पनि भ्याक्सिनको दुवै डोज (जस्तै सिनोफर्म,भेरासेल,कोविसिल्ड आदि) लगाइसक्नु भएको छ भने पनि १० दिन होटल क्वारेन्टाइन भने बस्नु पर्नेछ ।

नेपाललाई कतारले हालसम्म पनि रेड जोनको सूचीमै राखेको हुनाले खोप नलगाई प्रवेश गर्ने नेपालीले १० दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने छ ।

यसरी कतार आउँदा ७२ घन्टा अगाडिको पीसीआर रिपोर्ट भने अनिवार्य गरिएको छ। नेपालबाट कतार फर्कनु १२ घण्टा अगाडी एह्तेराज डट क्युएमा गएर आफ्नो यात्रा रजिस्टर गरेर मात्र प्रवेश पाइनेछ ।

माथि उल्लेखित खोपको मात्रा पूरा गरी प्रमाणपत्र लिएका व्यक्तिलाई भिजिट भिसा,पर्यटन भिसा र पारिवारिक भ्रमण गर्ने व्यक्तिहरूले पनि क्वारेन्टाइन बिनै सहजै प्रवेश पाउने छन् ।

कतारमा कोरोना सङ्क्रमण भई निको भएका १२ महिनाभित्र यात्रा गर्ने यात्रुले पनि क्वारेन्टिन बस्नु नपर्ने दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

यसै गरी कतारले अजैदेखि लागू हुने गरी महामारीका कारण मुलुक बाहिर फेसका वा विभिन्न समयमा छुट्टीमा गई ६ महिनाभित्र कतार फर्किन चाहनेलाई ‘इन्ट्री परमिट’ नचाहिने जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्