सैघाली खबर
काठमाडौं,२८ माघ
नेपाली कांग्रेसले प्रतिनिधिसभा सँगै प्रदेशसभाको उपसभामुख आफूले पाउनु पर्ने दाबी गरेको छ । प्रतिनिधिसभाको अधिवेशन आहृवान प्रक्रिया सुरु भएको छैन तर, प्रदेशसभाहरुले सभामुख र उपसभामुख चुन्न थालेका छन् ।
प्रदेश ३ ले सभामुख पाएको छ भने उपसभामुख चयनका लागि आज निर्वाचन गर्ने कार्यक्रम छ । प्रदेश ७ ले पनि हिजो मात्रै सभामुख पाएको छ । तर, कांग्रेस नेताहरुले भने आफ्नो दललाई वाम गठबन्धनले उपसभामुख प्रस्ताव गर्नु पर्ने बताएका छन् ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उपसभामुख पदमा आफूहरुको दाबी रहने तर केन्द्रले उपसभामुख पद दिनुपर्ने भनेर माग नगर्ने बताउनुभयो । प्रदेशनम्बर ३ का विपक्षीदलका नेता इन्द्र बानियाँले पनि उपसभामुख आफूहरुले पाउनु पर्ने बताउनुभएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।