Banner Second

कमैया एंव हलिया मुक्ति आन्दोलनका राष्ट्रिय अगुवा पूर्व सांसद श्रीपाईली सम्मानित 

By Thah Online

July 18, 2021

सुदूर पश्चिमको मानवअधिकार,सामाजिक न्याय,दलित एंव,कमैया,कमलरी हलिया मुक्तिको आन्दोलनमा अग्रणी नेतृत्वदायी भूमिका निर्वाह गरी  कमैया मुक्ति अधिकारमुखी आन्दोलनमा विशिष्ट योगदान पुर्‍याए बापत संविधान सभा सदस्य तथा दलित एंव कमैया, हलिया मुक्ति आन्दोलनका अगुवा हरि श्रीपाइलीलाई शनिवार सम्मान गरिएको छ । 

कमैया मुक्ति आन्दोलनमा विशिष्ट  पुर्‍याएको योगदानको कदर गर्दै २१ औँ मुक्त कमैया दिवसको अवसरमा  शनिवार कैलालीको टिकापुरमा मुक्त कमैया तथा बडघर सञ्जाल,टिकापुरले उनलाई सम्मान गरिएको हो । पूर्व सांसद श्रीपाईली २०५१ साल देखि कमैयाहरुलाई संगठित,सुसूचित,जागरण,सचेतना,दिँदै मुक्ति आन्दोलन र पुनर्स्थापना का लागि निरन्तर क्रियाशील राष्ट्रिय  अभियन्ता हुन ।

दलित अधिकारका लागि राष्ट्रिय सञ्जालका केन्द्रीय अध्यक्ष समेत रहेका श्रीपाईली नेपाल सरकारको मुक्त हलिया पुर्नस्थपना कार्यदलका केन्द्रीय संयोजक समेत रहिसकेका छन् । उनकै कार्यकाल र अगुवाईमा सुदूर तथा मध्यपश्चिममा रहेका हजारौ हलियाहरुले मुक्ति पाएका थिए । सम्मानित भएपश्चात् श्रीपाईले भने आफू सदैव दलित,कमैया,हलिया,कमलरी र शोषित पिडीत सीमान्तकृत समुदायको अधिकारका लागि सदा आवाज उठाउने बताउनुभयो ।