विहे नगरी बच्चा जन्माउने नायिका नम्रता सापकोटाको चाहना !



अभिनेत्री नम्रता सापकोटाले आफूलाई बिहे नगरीकनै बच्चा जन्माउने चाहना रहेको बताएकी छन् । अबको तीन-चार वर्षमा विवाह नभए बच्चा जन्माउने उनको योजना छ । हालै एक टेलिभिजन अन्तर्वार्तामा उनले भनेकी छन्, ‘मलाई बिहेभन्दा पनि बच्चा जन्माउन चाहिँ एकदमै मन लागेको छ । भोलि समयले के मोड लिन्छ भन्न सक्दिनँ तर म बच्चा चाहिँ अवश्य पनि जन्माउँछु ।’  अहिले सिंगल मदरले पनि आफ्नो बच्चालाई नागरिकता दिन पाउने कुरा कानुनमै उल्लेख भएकाले आफ्नो पनि योजना रहेको उनी बताउँछन् । 

सिंगल आमाले पनि बच्चालाई नागरिकता दिन पाउने कानुनमै बनेको समेत उल्लेख गरेकी उनले आफ्नो पनि त्यस्तै योजना रहेको सुनाइन् । भनिन्, ‘सबै मिलेर समाजलाई परिवर्तन गर्दै लैजानुपर्छ ।’ ‘म अहिले नै विवाह गर्दिनँ । तर म बच्चा जन्माउन चाहिँ चाहन्छु । तीन–चार वर्षमा बिहे भएन भने पनि म बच्चा जन्माउँछु होला’ उनले अन्तर्वार्तामा भनिन्, ‘यो कुरा मेरो आमा–बुबालाई समेत जानकारी छ ।’

भगवानले छोरी मान्छेलाई आमा बन्ने वरदान दिएका कारण भविष्यमा विवाह नभए पनि बच्चा जन्माउने उनको भनाई राखेकी छन् । अहिले बच्चा जन्माउन धेरै तरिका भएको बताउने उनी त्यसका लागि विवाह गरेर श्रीमान्–श्रीमती नै हुनु नपर्ने तर्क उनको रहेको छ ।

विवाहको विरोधी आफू नभएको समेत बताएकी उनले आफ्ना लागि सोचेजस्तो सकारात्मक व्यक्ति नभेटेकाले अहिलेसम्म विवाह नगरेको समेत जानकारी दिइन् । नम्रता अभिनित फिल्म ‘समर लभ’ फिल्म केही अगाडि रिलिज भएको थियो । फिल्मले व्यावसायिक सफलता हात पार्न नसकेपछि समीक्षकबाट भने राम्रो प्रतिक्रिया पाउन सफल भएको थियो । उनी म्युजिक भिडियो र विज्ञापन चलचित्रमा पनि बाक्लै देखिँदै आएकी छन् । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्