सैघाली खबर
काठमाडौं,२८ माघ
प्रदेश स्तरीय संसदीय दलको नेता छान्न नेकपा एमालेले आज प्रदेशसभा संसदीयदलको बैठक बोलाएको छ । पहिला सहमति खोजिने र सहमति नभए चुनाव हुने बताइएको छ । बैठकले छानेको दलको नेता नै प्रदेश–४ को मुख्यमन्त्रीबन्नेछन् ।
संसदीय दलको नेता बन्न एमालेका प्रदेश–४ संयोजक किरण गुरुङ र पार्टी केन्द्रीय सचिव पृथ्वी सुब्बा गुरुङले दावी गर्नु भएको छ ।प्रदेशमाएमालेका २७जना सदस्य छन् । दुईजनावरिष्ठ नेताबीचप्रतिस्पर्धा भएपछि कसलाई दलको नेता छान्ने भनेर बहस चलिरहेको नेताहरूको भनाइ छ ।
प्रतिस्पर्धी दुवै जना नेताले कुनै पनि हालतमा आफू दलको नेताहुनुपर्ने अडान राख्दै आएका छन् । दलको नेता छान्न माओवादी केन्द्रले पनि छलफल सुरु गरेको छ । प्रदेशमामाओवादी केन्द्रका १२ जना सदस्य छन् ।
भागबन्डमा सभामुख माओवादी लाई परेपछि दलका नेताका दुई जना प्रतिस्पर्धी मध्ये एकजनालाई सभामुख र अर्का एकजनालाई दलको नेताबनाउने गरी सहमतिको प्रयास भइरहेको माओवादी नेताहरुको भनाइ छ।
प्रदेशभित्रको दोस्रो ठूलो दल कांग्रेसले पनि अहिलेसम्म संसदीयदलको नेता छानेको छैन । प्रदेश–४ को संसदीय दलको नेता चुन्ने जिम्मा गोपालमान श्रेष्ठलाई दिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।