२ करोड धरौटी राखेर इजाजत पत्र लिएका २५१ म्यानपावरले एक जना कामदार पनि विदेश पठाउन सकेकन्



काठमाडौँ । वैदेशिक रोजगारीमा श्रमिक विदेश पठाउन २ करोड धरौटी राखेर इजाजत पत्र लिएका २ सय ५१ म्यानपावर कम्पनीले एक जना पनि श्रमिक विदेश पठाउन नसकेको पाइएको छ । वैदेशिक रोजगार विभागको गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक श्रम स्वीकृति विवरण अनुसार साल सञ्चालनमा रहेका ८ सय ५४ म्यानपावर कम्पनी मध्ये २ सय ५१ म्यानपावर कम्पनीले गत वर्ष एक जना पनि श्रमिक विदेश पठाउन नसकेका हुन् ।

गत वर्ष २ हजार भन्दा बढी श्रमिक विदेश पठाउने २ म्यानपावर कम्पनी मात्र रहेका छन् । २ हजार ४ सय ४७ पुरुष र ४७ महिला गरी कुल २ हजार ४ सय ९४ जना कामदार विदेश पठाएर एडभान्स म्यानेजमेन्ट कन्सल्टेन्स प्रा. ली म्यानपावरको सूचीमा पहिलो नम्बरमा परेको छ । एडभान्स म्यानेजमेन्ट कन्सल्टेन्स प्रा. ली पहिलो पटक ८५४ म्यानपावर कम्पनी मध्ये कामदार विदेश पठाएको सङ्ख्याको आधारमा एक नम्बरमा परेको हो । त्यस्तै २ हजार १७२ जना विदेश पठाएर शान नेपाल प्रा. ली दोस्रो नम्बरमा परेको छ । यी दुई म्यानपावर कम्पनीले उल्लेख्य सङ्ख्यामा कतारमा कामदार पठाएर पहिलो र दोस्रोमा परेका हुन् ।

११ म्यानपावरले ५ सय कटाए 

गत वर्ष २५ म्यानपावर कम्पनीले १ जना, १५ म्यानपावरले २ जना, १७ म्यानपावरले ३ जना १६ म्यानपावर कम्पनीले ४ जना मात्रै श्रमिक विदेश पठाएका छन् । ४ सय १७ म्यानपावर कम्पनीले १ सय भन्दा कम सङ्ख्यामा श्रमिक विदेश पठाउन सकेका छन् । गत वर्ष ११ म्यानपावर कम्पनीले मात्र ५ सय भन्दा बढी सङ्ख्यामा श्रमिक विदेश पठाउन सकेका छन् । त्यस्तै ४ सय २० म्यानपावर कम्पनीले ५ सय भन्दा कम सङ्ख्यामा मात्र श्रमिक विदेश पठाउन सकेको विभागको तथ्याङ्कले देखाएको छ ।

१ हजार कटाउने ९ म्यानपावर कम्पनी मात्रै 

गत वर्ष एक हजार भन्दा बढी श्रमिक विदेश पठाउने म्यानपावर सङ्ख्या ९ रहेको छ । सङ्ख्याका आधारमा तेस्रोमा स्काई स्टार रिक्रुटमेन्ट प्रा. लिले १ हजार ४६२ जना कामदार विदेश पठाएको छ  । एक हजार ४४५ कामदार विदेश पठाएर प्याराडाइज इन्टर्नेशनल प्रा. ली. सङ्ख्याका आधारमा चौथो नम्बरमा परेको छ । पाचौं नम्बरमा रहेको एसओएस म्यानपावर सर्भिसले १ हजार ४२९ र पाचौंमा रहेको भिजन एण्ड भ्यालू ओभरसिज प्रा. लिले १ हजार ३५५ जना कामदार विदेश पठाएका छन् ।

आर्थिक वर्ष २०७६/७७ मा पहिलो नम्बरमा रहेको द रिभर ओभरसिज यस पटक सातौँ नम्बरमा पुगेको छ । रिभरले गत वर्ष १ हजार ३१० जना मात्रै विदेश पठाउन सकेको छ । आठौँ नम्बरमा अक्सफोर्ड इन्टर्नेशनल प्रा. ली ले १ हजार २३३, नवौं नम्बरमा रहेको एल समिट म्यानपावर प्रा. लिले १ हजार १३९ र दशौँ नम्बरमा रहेको इन्टर्नेशनल म्यानपावर रिक्रुटमेन्ट प्रा. ली. ले ९ सय २० जना मात्रै कामदार विदेश पठाएको छ ।

गत वर्ष म्यानपावर कम्पनी मार्फत ५५ हजार ८७९ पुरुष र ५ हजार ५४९ जना महिला गरी कुल ६१ हजार ४२८ जना मात्रै विदेश गएका छन्  । साझा सवालबाट साभार

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्