ओली र प्रचण्डबीच आज ‘वान टु वान’ वार्ता



सैघाली खबर
काठमाडौं,२८ माघ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच आइतबार  आज एक्ला एक्लै वार्ता हुँदैछ। एमाले स्थायी कमिटीको बैठक सकिए लगत्तै ओली र प्रचण्डबीच वान टु वान वार्ता हुने एमाले नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए।

ओली र प्रचण्डबीच पार्टी एकताका लागि शक्ति बाँडफाँटमै कुरा नमिलेपछि पार्टी एकताका लागि बनेको पार्टी एकता संयोजन समितिको बैठक समेत बस्न सकेको छैन। ओली र प्रचण्डबीच सहमति भएपछि एकता संयोजन समितिको बैठक बसेर टुङ्गो लगाउने तयारी भएको छ।

पार्टी एकता संयोजन समितिको बैठकका लागि ओली र प्रचण्डबीच आज हुने वान टु वानु वार्ताले निर्देशन दिने नेताहरुले बताएका छन्। एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री र अध्यक्ष आफूनै हुने बताएपछि दुई दलबीचको दुरी बढेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्