टप फिचर

काठमाडौँका विद्यालयमा अनिवार्य नेवारी भाषा पढाउन महानगरको ताकेता सुरु

By Thah Online

July 19, 2021

नयाँ शैक्षिक सत्र सुरु भए लगत्तै काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा नेवारी भाषा (नेपाल भाषा) को अध्ययन अनिवार्य गरिएको छ । कक्षा १ देखि कक्षा ८ सम्म महानगरभित्रका सबै विद्यालयमा अनिवार्यरुपमा नेवारी भाषा अध्यापन गराउनुपर्ने भन्दै महानगरले ताकेता सुरु गरेको छ ।

महानगरको निर्देशनसँगै अब काठमाडौँ महानगरपालिकाभित्र अध्ययनरत बालबालिकाले नेवारी भाषा पढ्नुपर्ने भएको छ । १ सय पूर्णाङ्कको नेपाल भाषा (नेवारी भाषा) लाई अनिवार्य विषयको रूपमा राखिएको हो ।

महानगरको ताकेता सँगै अब काठमाडौँ महानगरपालिकाभित्र अध्ययनरत बालबालिकाले यस शैक्षिक सत्रदेखि १ सय पूर्णाङ्कको नेपाल भाषा (नेवारी भाषा) अनिवार्यरुपमा पढ्नुपर्ने भएको छ ।

साथै, महानगरले सामुदायिक मात्र नभएर निजी विद्यालयमा पनि नेवारी भाषालाई अनिवार्य गर्न ताकेता गरेको हो ।  शिक्षा अधिकृत मोतीराज खनालले यस्तो जानकारी दिए । उनका अनुसार नेपाल भाषा अनिवार्य भएको र १ सय पूर्णाङ्कको पढाइ हुनेछ ।

गत वर्षको असोज १९ मा बसेको महानगरपालिकाको ५१ औँ बैठकबाट काठमाडौँ महानगरपालिकाअन्तर्गत सबै विद्यालयहरूमा नेवारी भाषा अनिवार्य पढाउनुपर्ने नियम ल्याइएको हो ।