अपराध

पर्सामा वडाअध्यक्ष ब्राउनसुगरसहित प’क्राउ

By Thah Online

July 19, 2021

पर्साको पकाहामैनपुर गाउँपालिका- १ धोरेका वडाध्यक्ष ५५ वर्षीय अम्बिका भनिने अमेरिका सहनीसहित तीन जना लागू औषध खैरो हिरोइन (ब्राउन सुगर)सहित प’क्राउ परेका छन् । 

प्रहरीले उनीसँगै रहेका वडा सदस्य   ४० वर्षीय बलिष्टर सहनी र ५२ वर्षीय रामआदेश सहनी रहेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए । खनालका अनुसार ना१ब ३५९५ नम्बरको पल्सर मोटरसाइकलमा वडाध्यक्ष अमेरिका र रामआदेश सवार थिए ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मातहत रहेको इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको टोलीले गए राति करिब साढे १० बजे रातिको समयमा जिल्ला पर्सा वीरगन्ज महानगरपालिका वडा नं. १९ बर्वा स्थितबाट तिन जनालाई प’क्राउ गरेको हो । रातिको समयमा एकैसाथ आएका ना.१ ब ३५९५ नम्बरको सरकारी नम्बर प्लेटको पल्सर र ना.६२ प १९४२ नम्बरको सिबिजेड मोटरसाइकल रोकी चेकजाँच गर्दा सरकारी नम्बरको ना.१ ब ३५९५ नम्बरको मोटरसाइकलको फिल्टर बक्सबाट ७९ ग्राम लागु औषध खैरो हिरोइन बरामद भएको थियो ।

प्रहरीले उनीहरू तिनै जनालाई इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखेर लागु औषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।