बिप्लव निकट अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलन दाङमा हुने



 

सैघाली खबर

दाङ,२८ माघ । बिप्लव निकट अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन दाङमा हुने भएको छ । अखिल क्रान्तिकारी राप्ती क्षेत्रिय समन्वय समितिले आईतबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी गराएको हो । आगामी फागुन २७ देखि ३० गते सम्म दाङको घोराहीमा सम्मेलन आयोजना गरिएको अखिल क्रान्तिकारी राप्ती क्षेत्रिय समन्वय समितिका संयोजक नरेन्द्र बिकले जानकारी दिनुभयो । बैज्ञानीक समाजबादी शिक्षा र सुदृढ संगठनका लागि २१ राष्ट्रिय सम्मेलन भन्ने मुख्य नाराका साथ सम्मेलन आयोजना गर्न लागेको विकको भनाई छ ।

पत्रकार सम्मेलनमा बोल्दै विकले सम्पुर्ण जिल्ला स्तररिय सम्मेलन सम्पन्न गर्ने, २३ औ महान जनयुद्ध दिवस,सहिद सप्ताह , बलिदान दिवस बिनोद अधिकारी स्मृति दिवसलाई भव्य रुपमा मनाउँने निर्णय समेत गरेको बताउँनुभयो ।पार्टीको नाममा विभिन्न व्यक्तिहरुले चन्दा आंतङक मच्चाएको बताउँदै त्यसो नर्गन आग्रह गर्नुभयो । सम्मेलनमा राष्ट्रिय अन्तराष्ट्रिय स्तरबाट स्तरबाट परिवेक्षक समेत सहभागी हुने जानकारी दिनुभयो । सम्मेलनमा झण्डै २ सय ५० जना प्रतिनिधीहरु सहभागी हुने जानकारी दिनुभयो । सम्मेलनको उद्घाटन पार्टीमा महासचिव नेत्र विप्लब चन्द उद्घाटन गर्ने कार्यक्रमको रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्