मन्दिरमा दलितलाई छुवाछूत गर्ने पुजारीलाई कारबाही गर्ने पण्डित दिनबन्धुको चेतावनी



दलित समुदाय अहिले पनि मन्दिरमा पूजा गर्न र खुला प्रवेश गर्न नपाएका धेरै घटनाहरू बाहिर आइरहेका हुन्छन् ।

हिन्दु धर्ममा जातीय विभेद र छुवाछूत छैन कतै वेदमा लेखिएको छैन भने पनि हिन्दु धर्मकै पण्डित र पुजारीबाट भने दलित समुदायलाई धार्मिक स्थलमा छुवाछूत र विभेद भने गरेको तितो यथार्थ नकार्न सकिन्न।

धार्मिक स्थलमा भएको छुवाछूतले यति बेला एउटा बहसको रूपमा हिन्दु धर्म अब दलितले त्यागे विभेदबाट मुक्त हुन सकिन्छ र छुवाछूतको जड हिन्दु धर्म हो भनी बहस गरिरहेका छन् ।यही बेला पण्डित दिनबन्धु पोख्रेलले भने ललितपुर गोदावरी नगरपालिकामा मन्दिरको मुख्य पुजारी नै दलित समुदायका लक्ष्मण रम्तेललाई बनाएका छन् ।

धर्म भित्र छुवाछूत र विभेद गर्नु पर्छ भनी कतै नलेखिएको तर केही पण्डित र गुरुका नाममा शासक र सामन्तीहरूले धर्मलाई नै बदनामी गराउन लागि दलित समुदायलाई धार्मिक स्थलमा रोक लगाइ विभेद गरेको मा आपत्ति जनाएका छन् । उनले यस्ता पण्डित र पुजारीलाई अब नसुध्रिय कारबाही गर्ने समेत बताएका छन् ।

आफ्नो बुवा २०३८ साल देखि जातीय छुवाछूत र विभेद विरुद्ध धार्मिक जनचेतना फैलाउँदै आएको र सबै समान हो भनी अभियान चलाउँदा बाबाको हत्या भएको स्मरण गर्दै आफू पनि सबै मानव हो र कोही उच निच भन्ने हुदैन , भनी यो अभियान सुरु गरेको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्