कलाकारले बाढी प्रभावित सिन्धुपाल्चोकका पीडित बासिन्दालाई ४३ वटा पक्की घर निर्माण गरिदिने



काठमाडौँ । कलाकारले बाढी प्रभावित सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा पीडित बासिन्दालाई ४३ वटा पक्की घर निर्माण गरिदिने भएका छन् । सोमबार कलाकारद्वारा सञ्चालित सिन्धु सहयोग कोषको समूहले ती क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो ।

बाढीले बगाएको मेलम्चीको दनुवार बस्तीमा कोषले १९ वटा पक्की घर बनाइदिने भएको छ । हेलम्बुको मगर बस्ती क्यूलमा २४ पक्की घर बनाइदिने कलाकारहरूले जनाएका छन् ।

मेलम्ची र हेलम्बुसहित पाँच पोखरीमा आकर्षक पक्की घरसहितको होमस्टे बनाउने आफूहरूको तयारी रहेको र यसबारे चाँडै योजना सार्वजनिक गर्ने कोषका सदस्य एवं सङ्गीतकार चेतन सापकोटाले जानकारी दिए ।

गत असार १ गते (मङ्गलवार)  राती हेलम्बु र इन्द्रावती नदीको उद्गमस्थल पाँच पोखरीबाट उर्लिएर नदी किनार कोरिडोरमा वितण्डा मच्चाउँदै भयानक बाढी आएको थियो।  बाढीले ५० औँ जना बेपत्ता भएको स्थानीयले बताएका थिए । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्