कोरोना प्रभावित गरिब परिवारमा राहत सामग्री वितरण



गुलाम अली, कपिलवस्तु । कपिलवस्तुको तौलिहवामा रहेको मस्जिदले कोरोना प्रभावित गरिब पीडित असहाय परिवारहरूमा राहत वितरण गरिएको हो । भारतको बैरली रहेको मुस्लिम समुदायको ठुलो धार्मिक अवस्थामा केन्द्र मर्कले अहले सुन्नत दरगाहे आला अजरतको सहयोग तथा नेपाल वल्मा काउन्सिल र ईत्तेहाद नेपाल सहकार्य कोरोना प्रभावित परिवारहरूलाई खाद्यान्न वितरण गरेको हो ।

दरगाहले आला हजरत बाट खटिएको प्रतिनिधि मण्डलले नेपालको दुई जिल्ला बाँके तथा कपिलवस्तुको तोलिहवा , कृष्णनगर र चन्दोटामा विभिन्न गरिब परिवारहरूलाई राहत वितरण जानकारी प्रवक्ता मौलाना शलीमा नूरु  बैरलीले बताए प्रवक्ताका अनुसार बैरलीले तौलिहवामा रहेको करिब १०० घर परिवारलाई राहत वितरण गरेको बताए । राहत चामल , दाल , नुन, र तेल वितरण गरेको प्रवक्ताले बताए ।   यस्ले गर्दा केही  गरिब परिवारलाई केही राहत हुने तौलिहवा मस्जितका मौलना नूर महौम्मदले बताए । आउने दिनमा भारतसँग थप मित्रता हुने बताए ।

मानवतालाई जोगाउने एक अर्कालाई सहयोग गर्नु नै असल सुन्नत पहिचान हा पीडित असहायलाको मदत गर्नु मानव जतिका लार्गि एउटा ठुलो उपल्बिध हो भन्ने मौलाना अली हसनले बताए  राहत वितरण कार्यक्रममा तौलिहवाका विभिन्न मौलानाहरु उपस्थिति जनाएको थियो राहत भएपछि केही राहत हुने गरिबहरूले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्