आफ्ना लागि आर्थिक संकलन नगरिदिन अस्पतालबाट चम्सुरीको आग्रह



काठमाडौँ ।  लोकप्रिय टेलिसिरियल ‘मेरी बास्सै’मा ‘चम्सुरी’ पात्रबाट चर्चामा आएकी हास्य कलाकार पल्पसा डंगोलका दुवै मिर्गौला फेल भएका छन् । लामो समयदेखि मिर्गौलाको उपचार गराइरहेकी उनी अहिले भने अस्पताल नै भर्ना भएकी छिन् । अहिले उनको टिचिङ हस्पिटलमा उपचार भइरहेको छ । चिकित्सकले उनका दुबै मिर्गौला फेर्नुपर्ने बताएका छन् ।

पल्पसाको मिर्गौलाले काम नगरेको भन्ने खबर सार्वजनिक भएपछि उनको उपचारका लागि रकम जुटाउनका लागि आर्थिक अभियान पनि सुरु भएको छ । तर, पल्पसाले भने आफूलाई पैसा भन्दा पनि किड्नीको नै आवश्यकता परेको बताउने गरेकी छिन् ।

चम्सुरीलाई सघाउन अहिले देश तथा विदेशस्थित कलाकारले उनलाई सघाउन आर्थिक अभियान चलाएका छन् । तर, चम्सुरीले भने आफूलाई पैसा नभएर मिर्गौला चाहिएको बताएकी छिन् । उपचारमा आफू नै सक्षम भएकाले आर्थिक सहयोग आवश्यक नपर्ने तर, आफूलाई मिर्गौला जरुरी भएको उनले जनाएकी छिन् ।  

डाक्टरले १५ देखि २० लाख रुपैयाँ मात्र लाग्ने बताएपछि रकम सङ्कलन नगर्ने कुरा भएको छ । पल्पसाले आफै रकम तिर्न सक्ने  चम्सुरी निकट अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले बताइन् ।

दीपाका अनुसार, पल्पसाले यति बेला रकम सहयोग भन्दा पनि किड्नी चाहिएको बताएकी छिन् ।  विगत ५ बर्षदेखि किड्नीको समस्यासँग जुधिरहेकी पल्पसा विगत १ महिनादेखि भने अस्पतालमा भर्ना भएर उपचार गराइरहेकी छिन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्