गर्भवती प्रियंका कार्कीले साथीहरुसँग स्विमसुटमा रोमान्टिक सेलिव्रेसन (तस्विरहरु)



काठमाडौँ । बिहे गर्दाको खबर सार्वजनिक गर्दा होस् या आमा बन्न लागेको खबर , चलचित्र सार्वजनिक गर्दा होस् या विदेश घुमघामका बेला , अवार्ड समारोहमा पुग्दा होस् या म्युजिक भिडियो छायाङ्कनका समयमा,  जे गर्दा पनि प्रियङ्का कार्कीको खुबै चर्चा हुन्छ  ।

गर्भावस्था मात्र हैन, अन्य क्षणलाई पनि कसरी सेलिव्रेसन गर्नुपर्छ भन्ने मामिलामा प्रियङ्का कार्की अगाडि छिन् । बिहे, अफेयर, फिल्मदेखि पछिल्लो समय गर्भावस्थामा उनले खिचाएका तस्बिरहरू ट्रेन्डिङमा छन् ।

आफ्नो गर्भावस्थामा अत्यधिक रमाइरहेकी प्रियङ्का कार्कीले सामाजिक सञ्जालमा राख्ने फोटोका कारण पनि उनी चर्चामा छाइरहन्छिन् ।

कहिले पेटले जुसले खाइरहेको जस्तो गरेर फोटो सुट गराएर होस् त कहिले स्टेकेसन भनेर गरिएको फोटो सुट । उनी सोसल मिडियामा लगभग सधैंजसो छाउँछिन् ।

तर, उनले सार्वजनिक गर्ने तस्बिरलाई लिएर सकारात्मक भन्दा नकारात्मक प्रतिक्रिया अत्यधिक आउने गरेका छन् । भन्नेले त नेपालमा पहिलो पटक बच्चा जन्माउँदै प्रियङ्का कार्की समेत भन्ने गरेका छन् ।

आयुष्मान् देशराजसँग बिहे गरेपछि प्रियङ्का अहिले ललितपुरको भैंसेपाटीस्थित घरमै बसिरहेकी छिन् । प्रियङ्कालाई भनेर अहिले उनको घर सजाइएको छ । उनलाई बधाई दिन दिनहुँ उनको घरमा साथीभाइको घुइँचो समेत लाग्ने गरेको छ । सन्तान जन्माउने पक्का भएसँगै आयुष्मान् प्रियङ्का जोडी निकै खुसी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्