मुख्य समाचार

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गर्ने तयारी

By Thah Online

July 20, 2021

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गर्ने तयारी थालेको छ । कोभिड सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले सामाजिक मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन गर्न अनुमति दिएपछि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन गर्न लागेको हो ।

बोर्डले  विगतको जस्तै १०० पूर्णाङ्कको लिखित परीक्षा लिइने जनाइएको छ । बोर्ड अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले साउनको अन्तिमबाट परीक्षा लिइने जनाए ।

केही दिनमै बोर्डको बैठक बसेर परीक्षाको कार्यपालिका सार्वजनिक गर्ने जनाइएको छ । कोरोना सङ्क्रमण बढेपछि गत जेठ २६ गतेबाट सुरु गर्ने योजना रहेको कक्षा १२ को अन्तिम परीक्षा सरकारले रोक्ने निर्णय गरेको थियो ।

कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यसअघि अनलाइन विधिबाट परीक्षा लिने चर्चा चले पनि सङ्क्रमण दर कम भएकाले भौतिक उपस्थितिमै परीक्षा लिन लागिएको हो ।