टप फिचर

कविता : सम्झना बि पि को

By Thaha - Online

July 21, 2021

उनन्चालिसौँ स्मृति दिवसमा सम्झना छ बि पि को आत्मसात गरौं बि पि का वाणीहरु र लिपिको।

जोडेका थिए गर्धन राजा सँग आफ्नो बि पि ले हटायो राजतन्त्र दुइचार नेताको निजी स्वार्थ र ढिपीले।

भन्थौ योजना बनाउदा अगाडि फोटो राख्नु गरिबी र गाउँको एउटा दुहुनो गाई घर खेत होस प्रत्येक किसानको आफ्नै नाउँको।

सत्र सालमा राजा महेन्द्रले प्रजातन्त्र माथि कु गरे बि पि को देश बनाउने सपना र योजना देखि राजा झन्डै जलि मरे।

बि पि को सपना सब चोरी महेन्द्र राजमार्ग बनाउने विचार गरे। बि पि तिम्रो सम्झना गर्छन् काङ्ग्रेस जन मात्रै आज रुख रोपेर गणतन्त्र तिम्रो सपना हैन हिड्दैछौ आज लाज छोपेर।

बि पि तिम्रो सपना कैद भयो नेताहरुले गुटको खाल्डो खनेर पुराना कार्यकर्ता जनताहरु हेरि बसेका छन् तिम्रो पुनर्जन्म हुन्छ कि भनेर।

जय नेपाल छ बि पि चाडो जन्म लेउ छर्न समाजवादको बीउ पुराना कार्यकर्ता दास झै छन् चुपचाप मालिकहरुको गरि जिउ जिउ।

धन्यवाद ।