समिक्षा गाहा ,घोराही २८ माघ।
चालु आर्थीक बर्ष साउन महिना देखि पुस मसान्त सम्म दाङमा भएका सवारी दुर्घटनामा ज्यान गुमाउनेको सख्या ४२ रहेको जिल्ला ट्राफिक कार्यलय दाङका प्रहरी प्रमुख ओम प्रकाश वाग्लेले जानकारी दिनु भएको छ। सबै भन्दा बढी ४२ मोटरसाइकल ,१५ बस, १३ जिपकार ,१२ ट्रक,६ टयाक्टर, ५ टयाम्पु गरी ९३ वटा सवारीका साधन दुर्घटनामा पेरेका हुन।
गत आर्थीक बर्षमा सवारी दुर्घटनामा ज्यान गुमाउनेको सख्या ७१ थियो भने यो आर्थीक बर्षको छ महिनाको अबधीमा ४२ जनाले ज्यान गुमाएको वाग्ले जानकारी दिनु भयो। सरसरती दुर्घटनालाई हेर्दा पुरुष र बालक बढी दुर्घटनाका सिकार भएको देखिन्छ। त्सबै भन्दा बढि मोटरसाइकल दुर्घटनामा परी मत्यु हुने र घाइते हुने गरेको वाग्लेले जनाकारी दिनु भयो।मोटरसाइकल दुर्घटनामा परी घाइते साउन मसान्त बाट पुष मसान्त सम्म ४५ पुरुष,१९ महिला,९ बालक र ६ बालीका गरी ७९ जना घाइते भएका छन। यस्तै मुत्यु हुनेमा २७ पुरुष, छ महिला , छ बालक ,३ बालीका रहेको वाग्ले जनकारी दिनु भयो।
चालु आर्थीक बर्षको छ महिनाको अबधीमा जम्मा ८९ लाख ७२ हजार राजस्ब सकंलन भएको छ। यस्तै मापस्य चेकिङ बाट मात्र ४ लाख २ हजार राजस्व सकंलन भएको हो। १४ हजार ७ सय ५३ सवारीका साधन कार्बाहीमा परेको ट्राफिक प्रमुख वाग्लेले जानकारी दिनु भयो। त्यस मध्यमा पनि मापस्य चेकिङ क्रममा ४ सय २ सवारी साधन कारबाहीमा परेका हुन। ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।