अन्तर्राष्ट्रिय

चीनको हेनान प्रान्तमा अविरल वर्षा, १३ जनाको मृत्यु, कयौं विस्थापित

By Thah Online

July 21, 2021

चीनको हेनान प्रान्तमा अविरल वर्षासँगै आएको बाढी र डुबानले जनजीवन अस्तव्यस्त भएको छ ।  बाढीले कयौँ मानिसहरू विस्थापित भएका छन् ।  प्रभावित क्षेत्रका सडक, स्टेसन र बस्तीहरू जलमग्न भएका छन् ।

शुक्रवारदेखि मङ्गलवारसम्म लगातार परेको पानीले अहिलेसम्म १३ जनाको मृत्यु भइसकेको छ भने दुई लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

बाढीकै कारण एक दर्जनभन्दा बढी सहरहरू प्रभावित भएका छन् । प्रभावित क्षेत्रका मुख्य सडक र हवाई सेवा समेत बन्द भएको छ। हेनान प्रान्त ९ करोड ४० लाख चिनियाको बसोबास भएको क्षेत्र हो । वर्षाले सबैभन्दा धेरै प्रान्तको राजधानी झेङझाउ प्रभावित भएको छ ।