आर्थिक

एकैदिन सुनको मूल्य ७०० रुपैयाँले घट्यो

By Thah Online

July 21, 2021

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ७०० रुपैयाँले घटेर ९२ हजार ५०० रुपैयाँमा झरेको हो ।

तेजाबी सुन प्रतितोला ९२ हजार निर्धारण गरिएको छ । तर यता चाँदीको मूल्य भने कहिदिन यताको लगातार गिरावटको प्रक्रिया थप बुधवार पनि कायम रहँदै प्रतितोला २० रुपैयाँले घटेर एक हजार २६० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।