टप फिचर

कक्षा १२ को परीक्षाको समय तालिका आयो (सूचीसहित)

By Thah Online

July 21, 2021

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । यही साउन ३१ गतेदेखि सञ्चालन भई भदौ ९ सम्म हुने तय भएको छ ।

गत जेठ २६ देखि नै सञ्चालन हुने तय भएको परीक्षा कोरोना भाइरसको महामारीका कारण स्थगित भएको परीक्षा बोर्डले नयाँ मिति तय गरेर परीक्षा तालिका सार्वजनिक गरेको हो । सुरक्षासम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी परीक्षा बिहान ११ बजे देखि दिउसो २ बजेसम्म हुने जनाइएको छ ।