धनगढीमा प्रहरी र स्थानीयबीच झडप, १३ प्रहरी घाइते, ५० राउण्ड अश्रुग्यास प्रहार



धनगढी । धनगढी उपमहानगरपालिका– ३ को बस्तीमा जमेको पानीको निकास खोल्ने क्रममा मङ्गलवार साँझ स्थानीयवासी र प्रहरीबिच झडप हुँदा १३ प्रहरी घाइते भएका छन् ।

विद्युत् सब स्टेसनलगायतका क्षेत्रमा जमेको पानी निकास गर्न खोज्दा मङ्गलवार साँझ स्थानीय र प्रहरीबिच झडप हुँदा स्थानीयहरूको आक्रमणबाट १३ जना प्रहरी घाइते भएका हुन् । स्थितिलाई नियन्त्रणमा लिन ५० राउण्ड अश्रु ग्यास प्रहार गर्नुपरेको कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।

 कैलाली जिल्लाका प्रहरी उपरीक्षक  अधिकारीका अनुसार हाट बजार र विद्युत् कार्यालयको सब स्टेसन जलमग्न भएपछि मोहनापुल–अत्तरिया ६ लेन सडकमा निर्माण गरिएको कल्भर्ट खोलेर पानी निकास गर्ने क्रममा वडा नम्बर २ का स्थानीयले प्रहरीलाई ढुङ्गा मूढा गरेका थिए ।

उनीहरूले कल्भर्ट खोल्दा वडा नम्बर २को बस्ती ढुवानमा पर्ने भन्दै अवरोध गरेको र प्रहरीले स्थिति नियन्त्रणमा लिनका ५० राउण्ड हवाइ फायर गर्दा पनि भीड नियन्त्रणमा हुन सकेको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्