दलित पण्डितको हातबाट टीका लगाई पाउ छुन्छु – ज्ञानेन्द्र शाही



दलित समुदाय अहिले पनि मन्दिरमा पूजा गर्न र खुला प्रवेश गर्न नपाएका धेरै घटनाहरू बाहिर आइरहेका हुन्छन् ।

हिन्दु धर्ममा जातीय विभेद र छुवाछूत छैन कतै वेदमा लेखिएको छैन भने पनि हिन्दु धर्मकै पण्डित र पुजारीबाट भने दलित समुदायलाई धार्मिक स्थलमा छुवाछूत र विभेद भने गरेको तितो यथार्थ नकार्न सकिन्न।

धार्मिक स्थलमा भएको छुवाछूतले यति बेला एउटा बहसको रूपमा हिन्दु धर्म अब दलितले त्यागे विभेदबाट मुक्त हुन सकिन्छ र छुवाछूतको जड हिन्दु धर्म हो भनी बहस गरिरहेका छन् ।यही बेला पण्डित दिन बन्धु पोख्रेलले भने ललितपुर गोदावरी नगरपालिकामा मन्दिरको मुख्य पुजारी नै दलित समुदायका लक्ष्मण रम्तेललाइ बनाएका छन् ।

धर्म भित्र छुवाछूत र विभेद गर्नु पर्छ भनी कतै नलेखिएको तर केही पण्डित र गुरुका नाममा शासक र सामन्तीहरूले धर्मलाई नै बदनामी गराउन लागि दलित समुदायलाई धार्मिक स्थलमा रोक लगाइ विभेद गरेकोमा आपत्ति जनाएका छन् । पण्डित दिन बन्धु पोख्रेलले गरेको यो उदारणिय कामलाई बधाई दिन पुगेका भस्ट्रचार बिरोधि अभियन्ता ज्ञानेन्द्र शाहीले आफू जातपात नमान्ने र नमानेको साथै नेपालमा जातीय छुवाछूत र विभेद हटाउन हामी नेपाली र हाम्रो नेपाल टिमबाट सशक्त लागेको बताएका छन् , रुकुम हत्याकाण्डमा माइतीघर मण्डलाका आन्दोलन र मुद्दा लडन वोकिल आफ्नै अभियानबाट खटाएको समेत जानकारी दिएका छन् ।

दिन बन्धु पोख्रेलले गरेको यो कामको सुरुवातलाई आफ्नो समर्थन र साथ रहेको बताउँदै उक्त मन्दिरमा नियुक्त भएका दलित पण्डित लक्ष्मण रम्तेलको हातबाट टीका ग्रहण र पाउ छुने समेत बताएका छन् । सुरुवात आफैबाट गर्ने हो भन्दै धार्मिक सुधारमा जोड दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्